संगालोखबर सम्वाददाता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनादेशले नभई सर्वोच्च अदालतको परमादेशका कारण सरकारबाट बाहिरिनुपरेको बताएका छन् । प्रधानमन्त्री पद छोड्नु अघि सिंहदरबारबाट राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । ‘जनताको जनादेशले हैन सर्वोच्चको परमादेशले सरकारबाट बिदा लिँदैछु,’ संवोधनमा प्रधानमन्त्री ओलीले भने ।

Advertisement

सर्वोच्चको संवैधानिक इजलासले सोमबार प्रतिनिधिसभा विघटनको मुद्दामा फैसला गर्दै प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेश जारी गरेको थियो । सोही परमादेशलाई लक्षित गर्दै ओलीले यस्तो प्रतिक्रिया दिएका हुन् ।

पदमा रहँदा आफुले देशको समृद्धि, सुशासन, विकासलाई ध्यानमा राखेर इमानदारी पूर्वक काम गरेको दावी गर्दै ओलीले सरकारबाट बाहिरिँदा आफूलाई कुनै चिन्ता नरहेको उल्लेख गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!