पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा विराटनगरको आयल निगम घेराउ
विराटनगर । नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी संगठन (अनेरास्ववियु) र राष्ट्रिय युवा संघले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा विराटनगरस्थित नेपाल आयल निगम घेराउ गरेका छन् ।
जनताले थेग्नै नसक्ने गरी खाना पकाउने ग्याँसको मूल्यवृद्धी भएको भन्दै शुक्रबार दिउँसो उनीहरुले आयल निगमको गेट अगाडि प्रदर्शन गरेका हुन् । विराटनगरस्थित नेपाल आयल निगमको प्रादेशिक कार्यालयमा पुगेक...




























