संगालोखबर सम्बाददाता

बुटवल । सुन भन्दै पहेंलो रङका फलामका ढिक्का दिएर ठग्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देहीको गैडहवा गााउँपालिका–९ धुसुवाका ३७ वर्षीय काके भन्ने धन बहादुर सुनार र अर्घाखाँचीको मालारानी गााउँपालिका घर भइ रुपन्देही कञ्चन गाउँपालिका–१ हात्तीबजार बस्ने ३७ वर्षीय नवीन भन्ने देव बहादुर मगर छन् ।

Advertisement

उनीहरुले सैनामैना नगरपालिका १० शितलापुरस्थित एक होटलमा जेठ ५ गते धन सौमैलाई पुरानो बाँकी रहेको पैसा दिन्छौं भनी होटलमा बोलाएर झुक्याई सुन जस्तो देखिने पहेंलो रङको फलामको ढिक्का दिएर फरार भएका थिए । पीडितको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरी ठगी मुद्दा दर्ता गरेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रहरीले उनीहरुको साथबाट ९ वटा सुन जस्तो देखिने पहेंलो पदार्थ लगाएको फलामको ढिक्का, ४ वटा विभिन्न कम्पनीका मोबाइल सेट, एउटा गोल्डेन रङसहितको बट्टा र पीडितको ब्रासलेट गालेर बनाएको १ तोला ७ लाल ८ पोइन्ट सुनको डल्ला बरामद गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!