संगालोखबर सम्वाददाता

काठमाडौं । काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) फराकिलो मतान्तरले विजयी भएका छन् । ६१ हजार ७ सय ६७ मतसहित शाह मेयरमा निर्वाचित भएका हुन् ।

Advertisement

उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठले ३८ हजार ३ सय ४१ मत ल्याएकी छन् । निकटतम प्रतिद्वन्द्वी श्रेष्ठलाई २३ हजार ४ सय २६ मतान्तरले पछि पार्दै शाह मेयरमा निर्वाचित भएका हुन् । मेयरका लागि एमालेका तर्फबाट उम्मेदवार बनेका केशव स्थापितले ३८ हजार १ सय १७ मत ल्याएका छन् ।

यता, उप–मेयरमा पनि फराकिलो मतान्तरसहित एमालेकी सुनिता डंगोल निर्वाचित भएकी छन् । ४४ हजार ८ सय ६ मतान्तरले सुनिता उप–मेयरमा निर्वाचित भएकी हुन् । उनले ६८ हजार ६ सय १२ मत प्राप्त गरेकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २३ हजार ८ सय ६ मत प्राप्त गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!