धनकुटामा विद्यालयमै कुटिए प्रधानाध्यापक, भाग्ने क्रममा खुट्टा भाँचियो

धनकुटामा विद्यालयमै कुटिए प्रधानाध्यापक, भाग्ने क्रममा खुट्टा भाँचियो

धनकुटा । धनकुटा नगरपालिका–८ सान्ताङस्थित देउराली माध्यमिक विद्यालयका प्रधानाध्यापक यमबहादुर बस्नेतमाथि विद्यालयमै कुटपिट भएको छ । विद्यालयका शिक्षक चन्द्रकुमार राईले विद्यार्थीहरूमाथि यौन दुर्व्यवहार गरेको आरोपका विषयमा गएराती विद्यालयमा भएको छलफलका क्रममा आक्रोशित भीडले प्रधानाध्यापक बस्नेतमाथि कुटपिट गरेको हो । सहिदभूमि गाउँपालिका–३ घर भएका ४० वर्षीय शिक्षक राईले सो विद्यालयका ६ जना छात्रालाई...
पाख्रिबास कला साहित्य समाजको अध्यक्षमा भण्डारी

पाख्रिबास कला साहित्य समाजको अध्यक्षमा भण्डारी

धनकुटा । पाख्रिबास कला साहित्य समाजको अध्यक्षमा प्रेम भण्डारी निर्वाचित भएका छन् । समाजको दोस्रो साधारण सभाले भण्डारीको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो । समितिको उपाध्यक्षमा अनन्त अनुराग, सचिबमा ध्रुब एलेक्स र कोषाध्यक्षमा इन्दु केसी चयन भएका छन् । सदस्यहरूमा ईश्वर दाहाल र रोजा घिमिरे चयन भएका छन् । संरक्षकमा रोशन परियार र सल्लाहकारमा मुकुन्द प्रयास, ओम प्रकाश निरौला र सन्तोष...
२०७९ असार २७ गते सोमवारको राशिफल

२०७९ असार २७ गते सोमवारको राशिफल

ई.सं. २०२२ जुलाइ ११ नेपाल सम्बत ११४२ दिल्लाथ्व द्वादशी, असार शुक्ल द्वादशी तिथी, नल नामक संवत्सर, सूर्य उत्तरायणं, ग्रिष्म ऋतु, असार शुक्ल द्वादशी तिथी, चन्द्रमा वृश्चिक राशिमा, अनुराधा नक्षत्र, शुल्क योग, बालक करण । नेपालमा सूर्योदय बिहान ५ः१५ बजे, सूर्यास्त साँझ ७ः२ बजे हुनेछ । आज जन्म लिने बच्चाको वृश्चिक राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्किनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरेर...
धनकुटामा विद्यार्थीहरूमाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

धनकुटामा विद्यार्थीहरूमाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

धनकुटा । विद्यार्थीहरूमाथि यौन दुर्व्यवहार गरेको आरोपमा धनकुटा नगरपालिका–८ सान्ताङस्थित देउराली माध्यमिक विद्यालयका शिक्षक चन्द्रकुमार राई पक्राउ परेका छन् । शिक्षक राईले आफ्नै विद्यालयका छात्राहरूमाथि पटकपटक यौन दुर्व्यवहार गर्ने गरेको भन्दै विद्यार्थीका अभिभावकले किटानी जाहेरी दिएपछि उनलाई प्रहरीले आइतबार राती पक्राउ गरेको हो । सहिदभूमि गाउँपालिका–३ घर भएका ४० वर्षीय शिक्षक राईलाई राती करिब ८...
धनकुटामा घाँस काट्ने क्रममा लडेर एक जनाको मृत्यु

धनकुटामा घाँस काट्ने क्रममा लडेर एक जनाको मृत्यु

धनकुटा । धनकुटामा घाँस काट्ने क्रममा लडेर आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा चौबिसे गाउँपालिका–१ सानो मोक्तराका ५० बर्षीय पूर्ण कुमार मगर छन् । बिहान करिव साढे ११ बजे आफ्नै मकै बारीमा घाँस काट्ने क्रममा लडेर मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । उनी मकै बारीमा घोप्टो परेको अवस्थामा मृत फेला परेको भनी प्रहरी चौकी ६ नं. बुधवारेमा खबर आएको थियो । घटनाको जानकारी पाएप...
इलाममा रुखले घर किच्दा ८२ बर्षीय बृद्धको मृत्यु

इलाममा रुखले घर किच्दा ८२ बर्षीय बृद्धको मृत्यु

इलाम । इलाममा रुखले घर किच्दा ८२ बर्षीय बृद्धको मृत्यु भएको छ । मृत्यु हुँनेमा इलामको माई नगरपालिका–५ धोबिखोलाका ८२ बर्षीय प्रेमबहादुर आङदम्बे लिम्बु छन् । गएराती करिब २ बजे बर्षासँगै आएको हावाहुरीले घर नजिकै रहेको सखुवाको रुख ढलेर घर किच्दा सुतिरहेका बृद्ध लिम्बुको घटनास्थलमै मृत्यु भएको हो । रुखले बाँसको टाटी र टिनको छानो भएको घर किचेको हो । घटनाको जानकारी पाएपछि प्रहरी चौकी दानाबारी र जिल्ल...
संखुवासभामा करेन्ट लागेर हाइड्रोपावरका कर्मचारीको मृत्यु

संखुवासभामा करेन्ट लागेर हाइड्रोपावरका कर्मचारीको मृत्यु

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका–६ मा करेन्ट लागेर बरुण हाईड्रोपावरका कर्मचारीको मृत्यु भएको छ । बरुण हाईड्रोपावरको ३३ केभि प्रसारण लाईन मर्मत गर्ने क्रममा शनिवार अपरान्ह करिब ४ बजे करेन्ट लाग्दा हाईड्रोपावरका प्लान अप्रेटर दाङको राप्ती गाउँपालिका–३ का २५ बर्षीय दिपक न्यौपानेको मृत्यु भएको हो । करेन्ट लागेर न्यौपाने गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र ...
बलात्कार आरोपमा धनकुटाको सहिदभूमिका वडाध्यक्ष पक्राउ

बलात्कार आरोपमा धनकुटाको सहिदभूमिका वडाध्यक्ष पक्राउ

धनकुटा । युवतीमाथि बलात्कार गरेको आरोपमा धनकुटाको सहिदभूमि गाउँपालिका वडा नं.५ खोकुका वडाध्यक्ष सन्तोष राई पक्राउ परेका छन् । आफूमाथि जबरजस्ती करणी भएको भन्दै युवतीले उजुरी दिएपछि गएराती प्रहरीले वडाध्यक्ष राईलाई पक्राउ गरेको हो । शनिवार उजुरी परेपछि वडाध्यक्ष राईलाई धनकुटा बजार क्षेत्रबाट राती करिब ११ बजे पक्राउ गरिएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी चिरञ्जीवी दाहालले बताए । ‘असार २४ गते होटलम...
खोटाङको जंगलमा बेवारिसे अवस्थामा वृद्धको शव फेला

खोटाङको जंगलमा बेवारिसे अवस्थामा वृद्धको शव फेला

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ शंखुमा बेवारिसे अवस्थामा वृद्धको शव फेला परेको छ । बाम्राङको शंखुस्थित जंगलमा शनिबार दिउँसो वृद्धको शव फेला परेको हो । नाम, थर र वतन नखुलेको करिव ६५/७० वर्षको देखिने मंगोलियन फेसको शव बेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । प्रहरीका अनुसमर शव सड्न लागिसकेको छ । शवलाई जिल्ला अस्पतालको शव गृहमा लगेर राखिएक...
आज सार्वजनिक बिदा, बकर ईद मनाइँदै

आज सार्वजनिक बिदा, बकर ईद मनाइँदै

काठमाडौं ।  मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ। इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि छ। मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन्। नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्रदान गर्ने गरिएको छ। यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिदलगायत दे...
२०७९ असार २६ गते आइतवारको राशिफल

२०७९ असार २६ गते आइतवारको राशिफल

ई.सं. २०२२ जुलाइ १० नेपाल सम्बत ११४२ दिल्लाथ्व एकादशी, असार शुक्ल एकादशी तिथी, नल नामक संवत्सर, सूर्य उत्तरायणं, ग्रिष्म ऋतु, असार शुक्ल एकादशी तिथी, चन्द्रमा वृश्चिक राशिमा, विशाखा नक्षत्र, शुभ योग, विष्टि, भद्रा करण । नेपालमा सूर्योदय बिहान ५ः१५ बजे, सूर्यास्त साँझ ७ः२ बजे हुनेछ । आज जन्म लिने बच्चाको वृश्चिक राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्किनु पर्दा घिउ खाएर जुनसकै दिशाको य...
ब्राउन सुगरसहित महिला पक्राउ

ब्राउन सुगरसहित महिला पक्राउ

झापा । झापाको मेचीनगर नगरपालिका–६ स्थित मेचिपुलबाट लागुऔषध ब्राउन सुगरसहित एक जना महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा मेचीनगर–७ नयाँ बसपार्ककी २२ बर्षीया रोजिना आले खड्का छिन् । गएराती लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको टोली उनलाई पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेकी खड्कालाई प्रहरीले चेकजाँच गर्ने क्रममा २ ग्राम ब्राउन सुगर बरामद ...
घाँटीबाट सुनको सिक्री थुतेर भाग्ने युवा पक्राउ

घाँटीबाट सुनको सिक्री थुतेर भाग्ने युवा पक्राउ

झापा । झापाको मेचिनगर नगरपालिका–१० धुलाबारी बजारमा महिलाको घाँटीबाट सुनको सिक्री थुतेर भाग्ने युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको जितपुर सिमरा उप–महानगरपालिका–९ का २० बर्षीय निरज राय छन् । रायले शुक्रवार साँझ साढे ६ बजे धुलाबारीकी ५० बर्षीया गीता अधिकारीको घाँटीबाट डेढ तोलाको सुनको सिक्री थुतेर भागेका थिए । धुलाबारी बजारमा किनमेल गरिरहेकी अधिकारी लुटिएको जानकारी पाएपछि ईलाका प्रहरी क...
२०७९ असार २५ गते शनिवारको राशिफल

२०७९ असार २५ गते शनिवारको राशिफल

ई.सं. २०२२ जुलाइ ९ नेपाल सम्बत ११४२ दिल्लाथ्व दशमी, असार शुक्ल दशमी तिथी, नल नामक संवत्सर, सूर्य उत्तरायणं, ग्रिष्म ऋतु, असार शुक्ल दशमी तिथी, चन्द्रमा तुला राशिमा, स्वाति नक्षत्र, सिद्ध योग, तैतल करण । नेपालमा सूर्योदय बिहान ५ः१४ बजे, सूर्यास्त साँझ ७ः३ बजे हुनेछ । आज जन्म लिने बच्चाको तुला राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्किनु पर्दा तिल मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि ...
प्रदेश १ को नामकरण लागि सर्वदलीय बैठक सम्पन्न

प्रदेश १ को नामकरण लागि सर्वदलीय बैठक सम्पन्न

विराटनगर । प्रदेश नंं. १ को नामकरणका लागि आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सर्वदलीय बैठक सम्पन्न भएको छ । प्रदेश सरकारको आह्वानमा प्रदेश सभाका संसदीय दलका नेतासहितको बैठक मुख्यमन्त्रीको कार्यकक्षमा बसेको हो । बैठक चालु प्रदेश सभाबाट प्रदेशका नामकरण टुंगाउने विषयमा बसेको मुख्यमन्त्री राजेन्द्रकुमार राईले बताए । बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले संसदीय दलका नेता भीम आचार्य, नेप...
विराटनगरको रोडशेष चौकमा भारतीय ट्रकको ठक्करबाट एक जनाको मृत्यु

विराटनगरको रोडशेष चौकमा भारतीय ट्रकको ठक्करबाट एक जनाको मृत्यु

विराटनगर । विराटनगर महानगरपालिका–११ स्थित रोडशेषमा भारतीय मालवाहक ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुँनेमा सुनसरीको बर्जु गाँउपालिका–२ अमडुवा फारमका ४५ बर्षीय सनेन्दर राय छन् । शुक्रवार साँझ जोगबनीतर्फ जाँदै गरेको डब्लु २३ बी ४९६१ नंम्बरको भारतीय ट्रकले ठक्कर दिँदा घटनास्थलमै साइकलयात्रीको मृत्यु भएको हो । सडक पार गर्दै गरेको अवस्थामा उनलाई ट्रकले ठक्कर दिएको हो । दुर्घटनाप...
संखुवासभामा मलामी बोकेको ट्याक्टर दुर्घटनाः दुई जनाको मृत्यु, ४२ घाइते

संखुवासभामा मलामी बोकेको ट्याक्टर दुर्घटनाः दुई जनाको मृत्यु, ४२ घाइते

संखुवासभा । संखुवासभाको चैनपुर–१० दुम्कटास्थित खाँदबारी लेगुवा सडक खण्डमा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ४२ जना घाइते भएका छन् । आज दिउँसो मलामी बोकेर पिलुवा खोलाबाट फर्कदै गरेको को २ त ३९६१ नम्बरको ट्याक्टर दुर्घटना भएको हो । दुर्घटनामा चैनपुर–१० का २४ बर्षीय गंगा बहादुर तामाङ र चैनपुर–९ का ४६ बर्षीय केशव कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले ज...
झापाबाट ब्राउन सुगरसहित दुई युवा पक्राउ

झापाबाट ब्राउन सुगरसहित दुई युवा पक्राउ

झापा । झापा गाउँपालिका–३ बाट लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा–३ का २२ बर्षीय फरमान अली र झापा–४ का ३२ बर्षीय मनोज गणेश छन् । ईलाका प्रहरी कार्यालय कुमारखोदबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले चेकजाँचका क्रममा उनीहरुको साथबाट १३ ग्राम ब्राउन सुगर र एउटा डिजिटल तराजु बरामद गरेको छ । पक्राउ परेका दुबै जनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला...
धरानका मेयर साम्पाङले आफ्नो सरकारी गाडी बेचेर रोलर किन्ने

धरानका मेयर साम्पाङले आफ्नो सरकारी गाडी बेचेर रोलर किन्ने

धरान । धरान उप–महानगरपालिकाले मेयर चढ्न किनेको गाडी बेचेर रोलर किन्ने निर्णय गरेको छ । मेयरका लागि किनेको सरकारी गाडी बेचेर रोलर किन्ने निर्णय बिहीबार कार्यपालिकाले बैठकबाट पारित भएको हो । मेयर हर्क साम्पाङले मेयर चढ्न प्रयोग हुने गाडी बिक्री गर्ने प्रस्ताव गरेका थिए । धरानमा धेरै बाटो खाल्डा–खुल्डी परेकोले नगरको आफ्नै रोलर भयो भने तत्काल खाल्डा–खुल्डी पुर्न र बनाउँनका लागि यस्तो निर्णय गरेको म...
कानेपोखरीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

कानेपोखरीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

मोरङ । मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित लेटाङ कानेपोखरी सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुँनेमा सुनबर्सी नगरपालिका–१ का ३३ बर्षीय रोशन श्रेष्ठ छन् । प्रदेश १–०२–०४२ प २७६९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा घटनास्थलमै उनको मृत्यु भएको मृत्यु भएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।
हिलेमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री घाइते

हिलेमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री घाइते

धनकुटा । धनकुटा नगरपालिका–१ हिले बिच बजारस्थित कोशी लोकमार्गमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्री घाइते भएका छन् । मोटरसाइकको ठक्करबाट धनकुटा–१ का ६५ बर्षीय तिलक कार्की घाइते भएका हुन् । सडक पार गर्ने क्रममा कार्कीलाई पाख्रीबासबाट धनकुटातर्फ आउँदै गरेको को ७ प ८८२३ नंम्बरको मोटरसाइकलले ठक्कर दिएको हो । मोटरसाइकलको ठक्करबाट घाइते भएका उनलाई उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज...
२०७९ असार २४ गते शुक्रवारको राशिफल

२०७९ असार २४ गते शुक्रवारको राशिफल

ई.सं. २०२२ जुलाइ ८ नेपाल सम्बत ११४२ दिल्लाथ्व नवमी, असार शुक्ल नवमी तिथी, नल नामक संवत्सर, सूर्य उत्तरायणं, ग्रिष्म ऋतु, असार शुक्ल नवमी तिथी, चन्द्रमा तुला राशिमा, चित्रा नक्षत्र, शिव योग, बालक करण । नेपालमा सूर्योदय बिहान ५ः१४ बजे, सूर्यास्त साँझ ७ः३ बजे हुनेछ । आज जन्म लिने बच्चाको तुला राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्किनु पर्दा जौ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ...
विराटनगरमा विपद् जोखिम न्यूनिकरण सम्बन्धि अभिमुखिकरण

विराटनगरमा विपद् जोखिम न्यूनिकरण सम्बन्धि अभिमुखिकरण

विराटनगर । स्थानीय युवा, स्काउट तथा स्वयम्सेवकहरुसँगको विपद् जोखिम न्यूनिकरण सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । प्रदेश १ सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयद्धारा आयोजित दुई दिवसिय कार्यक्रमको समापन विहीबार प्रदेश १ सामाजिक विकास राज्यमन्त्री विष्णुमाया तुम्बाहाम्फेले गरेकी हुन् । कार्यक्रमको समापन गर्दै राज्यमन्त्री तुम्बाहाम्फेले स्काउट सरकारकै अंग भएकाले विपद्को समयमा परिच...
धनकुटा बजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

धनकुटा बजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

धनकुटा । धनकुटा बजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटा–२ का १९ बर्षीय अनिल तामाङ र सोही स्थानका २२ बर्षीय सन्देश पिठाकोटे छन् । गएराती धनकुटा–६ बिचबजारमा हिडिरहेको अवस्थामा शंका लागेर चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट खैरो हिरोइन बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी चिरञ्जिवी दाहालले जानकारी दिए । दाहालका अनुसार उनीहरुको साथबाट १ ग्राम ५०० मि...
खोटाङको हलेसीमा एक हप्तामा ४० हजार भेटी

खोटाङको हलेसीमा एक हप्तामा ४० हजार भेटी

खोटाङ । हप्ता दिनको अवधिमा खोटाङको त्रिधार्मिकस्थल हलेसीमा ४० हजार भेटी आम्दानी भएको छ । हिन्दु, किरात र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रका रूपमा रहेको हलेसीमा गत ११ असारदेखि १७ असारसम्मको अवधिमा ४० हजार ६५ रुपैयाँ भेटी आम्दानी भएको हो । यस अवधिमा हलेसीमा दर्शनार्थीले एक तोला चाँदी र ०.००५ तोला सुन चढाएको हलेसी सूचना केन्द्रका प्रमुख सयन्द्र राईले जानकारी दिए । संकलन भएको रकम माछापुच्छ्रे ब...
२०७९ असार २३ गते विहीवारको राशिफल

२०७९ असार २३ गते विहीवारको राशिफल

ई.सं. २०२२ जुलाइ ७ नेपाल सम्बत ११४२ दिल्लाथ्व अष्टमी, असार शुक्ल अष्टम तिथी, नल नामक संवत्सर, सूर्य उत्तरायणं, ग्रिष्म ऋतु, असार शुक्ल अष्टम तिथी, चन्द्रमा कन्या राशिमा, हस्ता नक्षत्र, परिधि योग, विष्टि, भद्रा करण । नेपालमा सूर्योदय बिहान ५ः१४ बजे, सूर्यास्त साँझ ७ः३ बजे हुनेछ । आज जन्म लिने बच्चाको कन्या राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्किनु पर्दा दहि खाएर जुनसकै दिशाको यात्रा ...
सञ्चारकर्मी सहकारीले चार पत्रकारलाई सम्मान गर्ने

सञ्चारकर्मी सहकारीले चार पत्रकारलाई सम्मान गर्ने

विराटनगर । सञ्चारकर्मी सञ्चार सहकारी संस्था विराटनगरले चार पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । सहकारी संस्थाले शिक्षक मासिक(काठमाडौं) का सम्पादक राजेन्द्र दाहाल, नेपाल टेलिभिजन विराटनगर सम्वाददाता मोहन मानन्धर, उद्घोष दैनिकका सम्वाददाता बाबुराम भण्डारी र मकालु टेलिभिजनकी सम्वाददाता उषा सर्दारलाई सम्मानित एवम् पुरस्कृत गर्ने भएको हो । उनीहरुलाई सञ्चारकर्मी सञ्चार सहकारी संस्थाको एघारौं स्थापना दि...
नोबेलद्वारा मोरङको रमाइलोका जेष्ठ नागरिकको मुटु तथा फोक्सो रोगको निःशुल्क उपचार

नोबेलद्वारा मोरङको रमाइलोका जेष्ठ नागरिकको मुटु तथा फोक्सो रोगको निःशुल्क उपचार

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले बुधवार मोरङको वयरवन गाउँपालिका–६ स्थित रमाइलोमा मुटु तथा फोक्सो रोग शिविर सञ्चालन गरेको छ । स्थानीय जेष्ठ नागरिक एकता समाजसँगको सहकार्यमा नोबेलले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर जेष्ठ नागरिक मुटु तथा फोक्सो रोगको उपचार गरेको हो । शिविरमा ६० बर्ष नाघेका बृद्ध–बृद्धाको मुटु तथा फोक्सोसँग सम्बन्धित रोगको परीक्षण र उपचार गरिएको छ । नोबेल अस्पताल...
अर्थमन्त्री शर्माले दिए पदबाट राजीनामा

अर्थमन्त्री शर्माले दिए पदबाट राजीनामा

विराटनगर । अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् । प्रतिनिधि सभा बैठकमा बोल्दै उनले आज राजीनामा दिएका हुन् । शर्मामाथि बजेट बनाउँदा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दरमा हेरफेर गरेको आरोप लागेको छ । उनीमाथि छानबिन गर्न आज प्रतिनिधि सभाले ११ सदस्यीय छानबिन समिति गठन गरेको थियो । संसदीय छानविन विशेष समितिमा विभिन्न दलका तर्फबाट रहेका सांसदहरुमा खगराज अधिकारी, देव गुरुङ, पुष्पा...
झापाबाट ब्राउन सुगरसहित मोरङका युवा पक्राउ

झापाबाट ब्राउन सुगरसहित मोरङका युवा पक्राउ

झापा । झापाको मेचीनगर नगरपालिका–६ स्थित मेचीपुलबाट लागुऔषध ब्राउन सुगरसहित एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको पथरीशनिश्चरे–२ का २२ बर्षीय मिलन दर्जी छन् । ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको टोलीले दर्जीलाई पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेका दर्जीलाई प्रहरीले चेकजाँच गर्ने क्रममा उनको साथबाट ९ ग्राम ब्राउन सुगर बरामद भएको...
उदयपुर र सोलुखुम्बुमा चट्याङ लाग्दा दुई जनाको मृत्यु

उदयपुर र सोलुखुम्बुमा चट्याङ लाग्दा दुई जनाको मृत्यु

विराटनगर । उदयपुर र सोलुखुम्बुका दुई छुट्टा–छुट्टै स्थानमा चट्याङ लाग्दा दुई जनाको मृत्यु भएको छ । मंगलवार बेलुका साढे ६ बजे उदयपुरको चौदण्डीगढी–५ का २५ बर्षीय रोशन चौधरी खेतमा काम गरेर घर फर्कदै गरेको अवस्थामा वर्षासँगै परेको चट्याङ लागेर घाइते भएका थिए । उनलाई उपचारका लागि ईलाका प्रहरी कार्यालय सुन्दरपुरको टोलीले स्थानीय फत्तेपुर अस्पताल पुर्याएको थियो । अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भ...
error: Content is protected !!