
विराटनगर । चलचित्र पत्रकार संघ नेपाल, कोशी प्रदेशको तेस्रो अधिवेशनले वीरेन्द्रकुमार साहकाे अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेकाे छ । आज विराटनगरमा भएकाे अधिवेशनले साहकाे अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति गठन गरेको हाे ।
अधिवेशनबाट उपाध्यक्षमा रमेश तिवारी र गोमा ढुङ्गाना, महासचिवमा विकल श्रेष्ठ, सचिवमा तुलसीप्रसाद निरौला तथा कोषाध्यक्षमा गोपाल काफ्ले चयन भएका छन् ।
सदस्यहरूमा स्नेहा श्रेष्ठ, रेखा पौडेल, पारस मण्डल, सुनिल यादव, कविता घिमिरे, निशान्त कँडेल र गोपाल पौडेल निर्वाचित भएका छन् । एक सदस्य पछि मनोनित गरिने जनाइएको छ ।
नवनिर्वाचित अध्यक्ष साहले चलचित्र पत्रकार संघ कोशी प्रदेशलाई थप प्रभावकारी, सक्रिय र व्यावसायिक बनाउने प्रतिबद्धता व्यक्त गर्दै पत्रकारहरूबीच एकता सुदृढ गरी प्रदेशको चलचित्र क्षेत्रको विकासमा सशक्त भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाए ।

संगालोखबर 

















