संगालोखबर

काठमाडौं । नेपाल नागरिकता (चौथो संशोधन) नियमावली २०८२ जारी भएदेखि आमाको नामबाट २ हजार ९४८ जनाले नागरिकता लिएका छन् । नयाँ नियमावली जारी भएपछि अहिलेसम्म नयाँ व्यवस्थाअनुसार उनीहरूले नागरिकता प्राप्त गरेका गृह मन्त्रालयले जनाएको छ ।

Advertisement

चौथो पटक संशोधन गरिएको नेपाल नागरिकता नियमावली राजपत्रमा प्रकाशित भएको थियो । गएको पुस ११ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल नागरिकता चौथो संशोधन नियमावलीमा स्वीकृत गर्ने निर्णय गरेको थियो ।

नेपाल नागरिकता नियमावली २०६३ को नियम ३ मा संशोधन भएको छ । त्यस्तै मूल नियमावलीको नियम ५, ७, ८ र १४ मा संशोधन भएको छ । मूल नियमावलीमा नियम १६ (क) थप भएको छ भने मूल नियमावलीको अनुसूचीमा संशोधन भएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!