
विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार छ सय रुपैयाँ घटेको हो ।
महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ७३ हजार नौ सय रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला दुई लाख ७५ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार सुनको मूल्य प्रतितोला दुई लाख ८२ हजार रुपैयाँमा कायम भएको थियो ।
आज पनि चाँदीको मूल्य बढेको छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला ८० रुपैयाँ बढेर चार हजार पाँच सय पाँच रुपैयाँ कायम भएको छ । सोमबार चाँदी प्रतितोला चार हजार चार सय २५ रुपैयाँमा कारोबार भएको थियो । आइतबार चाँदी प्रतितोला चार हजार पाँच सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 


















