
विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । आइतबार १२ हजार पाँच सय घटेको सुनको मूल्य आज छ हजार पाँच सय रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ७५ हजार पाँच सय रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला दुई लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज पनि चाँदीको मूल्यमा भारी गिरावट भएको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला एक सय १५ रुपैयाँ घटेर चार हजार चार सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी तीन सय ५५ रुपैयाँ घटेर चार हजार पाँच सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 

















