केएमसीमा विश्वकै दुर्लभ क्यान्सरको विना चिरफार सफल उपचार
काठमाडौं । काठमाडौं मेडिकल कलेजमा विश्वकै दुर्लभ क्यान्सरको बिना चिरफार सफल उपचार गरिएको छ । काठमाडौंको कपनका ४९ वर्षीय दावा शेर्पाको कलेजोमा रहेको एक सेन्टिमिटर भन्दा सानो क्यान्सरको सेल नष्ट गरिएको हो ।
बिरामी शेर्पाको रेडियो फ्रिक्वेन्सी एब्लेसन प्रविधिबाट सफलतापूर्वक विश्वकै सानो दुर्लभ क्यान्सरको उपचार गरिएको केएमसीका इन्टरभेनसन रेडियोलोजी विशेषज्ञ डा.पंकज काफ्लेले जानकारी दिए । एक सेन्टिम...































