संगालोखबर


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसदबाट दलित समुदायसँग माफी मागेका छन् । आज प्रतिनिधि सभाको पहिलो बैठकमा सम्बोधन गर्दै लामिछानेले सदियौँदेखिको अन्यायका लागि भन्दै हात जोडेर माफी मागेका हुन् ।

‘गल्ती भयो कि भएन भनेर अन्योल हुँदा खगेन्द्र सुनारले माफी मागे । के खगेन्द्र सुनारमाथि सदियौँदेखि अन्याय हुँदा हामीले माफी माग्यौँ ?’, उनले भने ।

Advertisement

उनले आजसम्म दलित समुदायले भोगेको विभेद अन्याय नभई संगठित अपराध रहेको उनले बताए ।

‘यो देशको दलित समुदायलाई मैले आज केही भन्नु छ’, उनले भने, ‘यो सरकार शताब्दियौँ देखि विभेदको, अन्यायको, अत्याचारको, सार्वजनिक र सामूहिक माफी माग्दैछ त्यो पनि यो सदनबाट । अब कुनै पनि नेपाली जातका आधारमा अपमानित महसुस गर्नेछैन ।’

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!