
काठमाडौं । प्रतिनिधि सभाको पहिलो बैठकमा प्रतिपक्षी दल नेकपा एमालेले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकलाई रिहा गर्न माग गरेको छ ।
एमाले सांसद गुरु बरालले पहिलो बैठकमा विरोध जनाउँदै उठेपछि ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले उनलाई बोल्न समय दिए । सो क्रममा सांसद बरालले संविधान विपरीत ओली र लेखकलाई पक्राउ गरिएको भन्दै रिहा गर्न समेत माग गरेका हुन् ।
‘नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका नेता रमेश लेखकलाई मुलुकी कार्यविधिको दफा १८१ र १८२ गलत ढंगबाट प्रयोग गरेर बन्दी बनाइएको छ’, उनले भने, ‘यो गम्भीर आपत्तिको विषय छ ।’
यो विषयलाई लिएर देशव्यापी विरोध प्रदर्शन भइरहेको र सरकारले निर्मम दमन गरिरहेको उनले उल्लेख गरे । उनले आजै ओली र लेखकको रिहाइको माग गरेका छन् ।

संगालोखबर 



















