संगालोखबर

विराटनगर । ‘मिस नेपाल–२०२४’ को ग्राण्ड फिनाले आज साँझ सम्पन्न हुँदैछ । हिडन ट्रेजरले ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा ग्राण्ड फिनाले आयोजना गर्दैछ । २६ जना युवतीहरू मध्येबाट आज नयाँ मिस नेपाल घोषणा हुनेछ ।

यसपटकको मिस नेपालमा अस्ट्रेलिया, अमेरिका, बेलायत तथा हङ्कङमा अध्ययन तथा रोजगारीको क्रममा बसोबास गरिरहेका नेपाली युवतीहरूले समेत सहभागिता जनाएका छन् । आयोजक संस्थाले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । ग्राण्ड फिनालेमा मिस इन्टरनेसनलका कार्यकारी निर्देशकदेखि मिस माल्टाको टोली सहितका अन्तर्राष्ट्रिय पाहुना पनि सहभागी हुनेछन् । नृत्य र सङ्गीतको प्रस्तुतिसहित पूर्व मिस नेपालीहरू पनि स्टेजमा देखिने छन् ।

यस वर्षको मिस नेपालको उपाधि जित्ने प्रतिस्पर्धीले मिस नेपाल–२०२३ की विजेता सृच्छा प्रधानबाट ताज पहिरिने छिन् । आज मिस वर्ल्ड, मिस अर्थ र मिस इन्टरनेसनलका तीन मुख्य विधाको उपाधिका लागि प्रतिस्पर्धा हुन लागेको हो । यसबाहेक ११ शीर्षक उपाधि विजेताको समेत घोषणा गरिने छ ।

यसपटकको प्रतियोगिता आँचल खत्री, अम्बिका राणा, अनिशा मल्ल, अञ्जना पुन, आश्मा कुमारी केसी, दीक्षा अवस्थी, दृष्टि थापा, इभा गिरि, इरिना श्रेष्ठ, करुणा रावत, किम्ती श्रेष्ठ, ललिता सेरबुजा मगर, निभिता चापागाईं, प्रसुना भुसाल, प्रिरविता सिंह स्वाँर, पूजा बराल, राधिका थापा, रोशनी दाहाल, शामिन कोइराला, सायरा खड्का, समीक्षा निरौला, श्रद्धासुमन सिलवाल, सिम्रिका मानन्धर, सुभेक्क्षा कार्की, सुमना केसी तथा उर्जा नेवाः ले प्रतिस्पर्धा गरिरहेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!