धनकुटा नगरको बजेट १ अर्ब १२ करोड

धनकुटा नगरको बजेट १ अर्ब १२ करोड

धनकुटा । धनकुटा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि एक अर्ब १२ करोड २० लाख ७६ हजार बराबरको बजेट प्रस्तुत गरेको छ । नगर प्रमुख चिन्तन तामाङको अध्यक्षतामा भएको नगरसभामा उपप्रमुख भीमादेवी खनालले बजेट नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । बजेटमा चालुतर्फ ५१ करोड २३ लाख ४० हजार विनियोजन गरिएको छ भने पुँजीगत खर्चतर्फ ६० करोड ७७ लाख ३६ हजार छुट्याइएको छ । संघीय सरकारबाट आउने समानीकरण अनुद...
धनकुटाको महालक्ष्मी नगरः बजेट ६२ करोड, कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन प्राथमिकता

धनकुटाको महालक्ष्मी नगरः बजेट ६२ करोड, कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन प्राथमिकता

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१–८२ का लागि ६२ करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । नगरपालिकाको दोस्रो नगर सभाको पाँचौँ अधिवेशनमा उपमेयर मञ्जु अधिकारीले बजेट नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । पालिकाले आगामी आर्थिक वर्षका लागि कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेको छ । कृषि आधुनिकीकरण, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा सुदृढ...
कोशी प्रदेश सरकारविरुद्धको रिट खारेज, अहिलेकै सरकारले निरन्तरता पाउने

कोशी प्रदेश सरकारविरुद्धको रिट खारेज, अहिलेकै सरकारले निरन्तरता पाउने

विराटनगर । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकारविरुद्ध दायर गरेको रिट खारेज भएको छ । न्यायाधीशहरू कुमार रेग्मी, अब्दुल अजिज मुसलमान र नहकुल सुवेदीको पूर्ण इजलासले आज रिट खारेज हुने फैसला गरेको हो । सर्वोच्च अदालतले रिट खारेज गरेसँगै कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीले निरन्तरता पाउने भएका छन् । निवर्तमान मुख्यमन्त्री कार्कीले २०८१ जेठ २५ गते मुख्यमन्त्री नियुक...
सहिदभूमिका कृषकलाई फलफूलका बिरुवा र प्लाष्टिक पोखरी

सहिदभूमिका कृषकलाई फलफूलका बिरुवा र प्लाष्टिक पोखरी

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाले कृषकहरुलाई फलफूलका बिरुवा वितरण गरेको छ । ७५ प्रतिशत अनुदानमा गाउँपालिकाले आँप र लिचीका कलमी बिरुवा वितरण गरेको हो । गाउँपालिका भित्ररहेका तीनवटा कृषक समूहलाई १ हजार १२५ वटा आँपका बिरुवा वितरण गरिएको कृषि शाखा प्रमुख दिनेन्द्र राईले जानकारी दिए । यस्तै, गाउँपालिकाले प्लाष्टिक पोखरी पनि वितरण गरेको छ । ५० प्रतिशत अनुदानमा गाउँपालिकाले प्लाष्टिक पोखरी वित...
अटोको ठक्करले झापाको कनकाईमा पैदलयात्री वृद्धको मृत्यु

अटोको ठक्करले झापाको कनकाईमा पैदलयात्री वृद्धको मृत्यु

झापा । झापाको कनकाई नगरपालिकामा अटोको ठक्करले एकजना वृद्धको मृत्यु भएको छ । कनकाई–३ स्थित सुरुङ्गा–झापा भित्री सडकखण्डमा भएको दुर्घटनामा स्थानीय ६० वर्षीय ओमप्रकाश भेटवालको मृत्यु भएको हो । प्रहरीका अनुसार प्रदेश १–०१–००१ ह ७७३८ नम्बरको अटोले पैदलयात्री भेटवाललाई ठक्कर दिएको थियो । गम्भीर घाइते भएका उनलाई बिर्तामोडस्थित बिर्तासिटी अस्पताल लगिएको थियो । उपचारका क्रममा उनको मंगलबार मृत्यु भएको ज...
मोरङको केराबारीमा विद्यालय जाँदै गरेका बालकको बगेर मृत्यु

मोरङको केराबारीमा विद्यालय जाँदै गरेका बालकको बगेर मृत्यु

विराटनगर । मोरङको कोरबारीमा विद्यालय जाने क्रममा एकजना बालकको बगेर मृत्यु भएको छ । केराबारी गाउँपालिका–४ याङ्शिलाका चित्रबहादुर राईका ११ वर्षीय छोरा श्याम मंगलबार बिहान स्थानीय गोबिने खोलामा बगेका थिए । प्रहरीका अनुसार खोजीका क्रममा उनलाई बगेको स्थानबाट सय मिटर तल खोला किनारमा मृत अवस्थामा फेला पारिएको थियो । उनी केराबारी–४ चिउरी भञ्ज्याङस्थित जनकल्याण माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत थि...
संखुवासभामा २० महिनाकी बालिका बलात्कृत

संखुवासभामा २० महिनाकी बालिका बलात्कृत

संखुवासभा । २० महिनाकी बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १४ वर्षीय एक किशोरलाई पक्राउ गरेको छ । बालिका घरमा एक्लै भएको अवस्थामा ती किशोरले बलात्कार गरेको पीडित पक्षले उजुरी दिएपछि प्रहरीले किशोरलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार घटना असार ४ गतेको हो । अभिभावक खेतीको काममा बाहिर गएका बेला बालिकालाई किशोरले बलात्कार गरेको...
धनकुटाको सहिदभूमिले ‘विपन्नसँग अध्यक्ष’ कार्यक्रम सञ्चालन गर्ने

धनकुटाको सहिदभूमिले ‘विपन्नसँग अध्यक्ष’ कार्यक्रम सञ्चालन गर्ने

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाले ‘विपन्नसँग अध्यक्ष’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेटमा उक्त कार्यक्रमका लागि २५ लाख बजेट विनियोजन गरेको छ । यस्तै, अपाङ्गता पुनःस्र्थापना कार्यक्रमका लागि २० लाख, महिला, बालबालिका, आदिवासी, जनजाति, दलित, पछाडि परेको वर्ग तथा समुदाय समावेशीकरणका तथा लक्षित कार्यक्रमका लागि ४९ लाख विनियोजन गरिएको छ । यसैगरी, कर्मचा...
बुढीखोलामा बगेर एकजनाको मृत्यु, दुईजना बेपत्ता, एकजनाको उद्धार

बुढीखोलामा बगेर एकजनाको मृत्यु, दुईजना बेपत्ता, एकजनाको उद्धार

सुनसरी । मोरङ र सुनसरीको सीमामा पर्ने बुढीखोलामा बगेर एकजनाको मृत्यु भएको छ । दुईजना बेपत्ता भएका छन् । खोलाले चारजना बगाएकामा एकजनाको उद्धार गरिएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा मोरङको सुन्दरहरैँचा–५ की २२ वर्षीया प्रेमकला चौधरी छिन् । बेपत्ता हुनेमा सुन्दरहरैँचा–५ की ६० वर्षीया असरादेवी चौधरी र ३० वर्षीया फूला चौधरी छन् । बगेकामध्ये सुन्दरहरैँचा–५ की २२ वर्षीया स्वस्तिका चौधरीको उद्धार गर...
एसईईको नतिजा शुक्रबारसम्म आइसक्ने

एसईईको नतिजा शुक्रबारसम्म आइसक्ने

विराटनगर । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आगामी शुक्रबारसम्म सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले ढिलोमा शुक्रबारसम्म नतिजा प्रकाशन गर्ने जनाएको हो । बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार देशभरबाट परीक्षण भएर आएका उत्तरपुस्तिकाको अंक रुजुसहित इन्ट्री गर्ने तथा अंकलाई ग्रेडिङमा रुपान्तरण गर्ने काम अन्तिम चरणमा रहेको जनाएका छन् । गत चैत १५ देखि २७ गतेसम्म सञ्चालित परीक्षाम...
विराटनगर महानगरले ६० लाख रुपैयाँमा सुलभ फार्मेसी सञ्चालन गर्ने

विराटनगर महानगरले ६० लाख रुपैयाँमा सुलभ फार्मेसी सञ्चालन गर्ने

विराटनगर । विराटनगर महानगरपालिकाले ‘महानगरीय सुलभ फार्मेसी’ सञ्चालन गर्न ६० लाख बजेट छुट्याएको छ । आगामी आर्थिक वर्ष २०८१–८२ का लागि महानगरले स्वास्थ्य विकासतर्फ विशेष नमुना कार्यक्रम अन्तरगत फार्मेसी सञ्चालनका लागि ६० लाख छुट्याएको हो । यस्तै, ८० वर्षमाथिका जेष्ठ नागरिकहरूलाई घरमै पुगेर निःशुल्क स्वास्थ्य परीक्षण गर्न १० लाख विनियोजन गरिएको छ । निःशुल्क एकीकृत स्वास्थ्य शिविर सञ्चालनका लागि ३५...
सुनसरीको बुढीखोलामा पानीको बहाव उच्च, सावधानी अपनाउन आग्रह

सुनसरीको बुढीखोलामा पानीको बहाव उच्च, सावधानी अपनाउन आग्रह

सुनसरी । निरन्तरको वर्षाका कारण सुनसरीको बुढीखोलामा पानीको बहाव निकै बढेको छ । बुढीखोला जल मापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरिसकेको भन्दै आसपासका क्षेत्रमा सावधानी अपनाउन सुझाव दिइएको छ । जल तथा मौसम विज्ञान विभागले सूचना जारी गर्दै बुढीखोलामा जलसतहले सतर्कता तह पार गरेको र अझै बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रका बासिन्दालाई सावधान रहन भनेको हो । उक्त खोलाको तटीय क्षेत्रको डुबान भइरहने ह...
सर्वोच्च अदालतबाट आजै फैसला आउने सम्भावनाः के होला कोशी सरकार ?

सर्वोच्च अदालतबाट आजै फैसला आउने सम्भावनाः के होला कोशी सरकार ?

विराटनगर । कोशी प्रदेश सरकारविरुद्धको मुद्दामा सर्वाेच्च अदालतबाट आज फैसला आउने सम्भावना छ । सर्वोच्चको फैसला कस्तो आउला भन्ने जिज्ञासा राजनीतिक वृत्तसहित सर्वसाधारणमा पनि देखिन्छ । पटकपटक अदालतमा पुगेको कोशी सरकारको विषयले यसपटक कस्तो निकास पाउला भन्ने जिज्ञासाको उत्तर सर्वोच्चको फैसलाले दिने निश्चित छ । उक्त मुद्दामा आज अन्तिम बहस भइरहेको छ । न्यायाधीशहरू कुमार रेग्मी, अब्दुल अजिज मुसलमान र न...
बङ्गलादेशलाई हराउँदै अफगानिस्तान टी–२० विश्वकपकाे सेमिफाइलनमा

बङ्गलादेशलाई हराउँदै अफगानिस्तान टी–२० विश्वकपकाे सेमिफाइलनमा

विराटनगर । अफगानिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । विश्वकप क्रिकेटको सुपर आठअन्तर्गतको अन्तिम खेलमा बङ्गलादेशलाई डकवर्थ लुइस नियमका आधारमा ८ रनले हराउँदै अफगानिस्तान पहिलाे पटक सेमिफाइनलमा पुगेकाे हो । जीतका लागि १९ ओभरमा १ सय १४ रनकाे लक्ष्य पछ्याएकाे बङ्गलादेश १७ ओभर ५ बलमा १ सय ५ रन बनाउँदा अल आउट भयाे । बङ्गलादेशका लिटन दासले नट आउट ५४ रन बनाए । अफगानिस्तानका ...
विद्यार्थीलाई पाइपले कुट्ने शिक्षक निलम्बित

विद्यार्थीलाई पाइपले कुट्ने शिक्षक निलम्बित

झापा । विद्यार्थीलाई कुटपिट गर्ने झापाको बुद्धशान्ति–१ स्थित बुद्ध आदर्श माध्यमिक विद्यालयका शिक्षक विवेश भण्डारीलाई निलम्बन गरिएको छ । कक्षा ७ का विद्यार्थीहरुलाई कुट्ने ‘डिसिप्लिन इन्चार्ज’ भण्डारीलाई विद्यालयले निलम्बन गरेको हो । विद्यालय व्यवस्थापन समितिको बैठकले भण्डारीलाई एक महिनाका लागि निलम्बन गर्ने निर्ण गरेको समिति अध्यक्ष मनोरथ तिवारीले बताए । एक महिनाभित्र समितिमा लिखित स्पष्टीकरण द...
चट्याङ लागेर झापामा दुईजनाको मृत्यु

चट्याङ लागेर झापामा दुईजनाको मृत्यु

झापा । झापाका बेग्लाबेग्लै स्थानमा चट्याङ लागेर आज दुईजनाको मृत्यु भएको छ । चट्याङ लागेर कमल गाउँपालिका–२ का ४६ वर्षीय राजन खड्का र गौरीगञ्ज गाउँपालिका–८ का ४२ वर्षीय विकास गिरीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार खेतमा काम गर्न जाने क्रममा चट्याङ लागेर खड्का घाइते भएका थिए । उपचारका लागि दमकस्थित आम्दा अस्पताल पुर्याउँदा चिकित्सकले उनको मृत्यु भइसकेको जानकारी दिएका थिए । य...
मोरङमा राष्ट्रिय परिचयपत्र वितरण अभियान सुरू

मोरङमा राष्ट्रिय परिचयपत्र वितरण अभियान सुरू

विराटनगर । राष्ट्रिय परिचयपत्र वितरण तथा विवरण संकलनका लागि मोरङमा अभियान सुरु भएको छ । विवरण संकलन भइसकेका वडामा पुगेर परिचयपत्र वितरण गर्ने र छुटेकाहरूको विवरण संकलन गरिने भएको हो । जिल्लाका १७ पालिकामध्ये पहिलो चरणमा रंगेली नगरपालिकाका सबै वडा तथा विराटनगर महानगरपालिकाको १ देखि ८ नम्बरका वडा र ११ नम्बर वडामा परिचयपत्र वितरण गर्न लागिएको हो । मंगलवारदेखि विराटनगर महानगरपालिका र रंगेली नगरपालि...
२०८१ असार ११ गते मंगलबार/आजको राशिफल

२०८१ असार ११ गते मंगलबार/आजको राशिफल

बि.सं.२०८१ असार ११ गते मंगलबार ई.सं.२०२४ जून २५ नेपाल सम्वत् ११४४ तछलागा चतुर्थी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, असार कृष्ण चतुर्थी, चन्द्रमा मकर राशिमा, श्रवण नक्षत्र, वैधृति योग, बव करण । आज नेपालमा सूर्योदय बिहान ५ः९ बजे, सूर्यास्त साँझ ७ः३ बजे हुनेछ । आज जन्म लिने बच्चा मकर राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा गुण खाएर जुनसुकै दिशाको यात्रा गरेपन...
राष्ट्रिय जुडोमा एकै परिवारका तीन दाजुबहिनीले जिते स्वर्णपदक

राष्ट्रिय जुडोमा एकै परिवारका तीन दाजुबहिनीले जिते स्वर्णपदक

विराटनगर । एकै परिवारका तीनजना खेलाडीले राष्ट्रिय जुडो प्रतियोगिताको १९ औं संस्करणमा स्वर्णपदक जित्न जितेका छन् । दाजु इन्द्रबहादुर श्रेष्ठ तथा बहिनी देवकीमाया र निशाले आ–आफ्नो तौल समूहमा स्वर्णपदक जितेका हुन् । काठमाडौंमा भएको प्रतियोगिताको ६६ केजीमुनि इन्द्र, ५२ केजीमुनि देवकी र ४८ केजीमुनि निशाले स्वर्ण जितेका थिए । इन्द्र पुलिस क्लब तथा देवकी र निशाले वाग्मती प्रदेशबाट खेलेका थिए । तीनैजना...
अस्ट्रेलियालाई हराउँदै भारत टी-२० विश्वकपको सेमिफाइनलमा

अस्ट्रेलियालाई हराउँदै भारत टी-२० विश्वकपको सेमिफाइनलमा

विराटनगर । आईसीसी टी–२० विश्वकप क्रिकेटमा अस्ट्रेलियालाई हराएर भारत सेमिफाइनलमा प्रवेश गरेको छ । सुपर आठअन्तर्गत समूह 'ए' को आफ्नो अन्तिम खेलमा भारतले अस्ट्रेलियालाई २४ रनले हराएको हो । गएराति भएको खेलमा भारतले दिएको दुई सय छ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ८१ रन मात्र बनाउन सक्यो । उसका लागि ओपनर ब्याटर ट्रेभिस हेडले ७६ रन र मिचेल मार्सले ३७ रन बनाए...
रंगेली नगरपालिकाको बजेट ७२ करोड

रंगेली नगरपालिकाको बजेट ७२ करोड

विराटनगर । मोरङको रंगेली नगरपालिकाले दशौँ नगरसभाबाट आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ७२ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । उपप्रमुख भुमा पराजुलीले ७२ करोड चार लाख १५ हजार ५८ रुपैयाँ बराबरको आय व्यय विवरण प्रस्तुत गरेकी हुन् । बजेटमा चालुतर्फ ४८ करोड ९६ लाख ३ हजार ५८ रुपैयाँ र पूँजीगततर्फ २३ करोड ८ लाख ११ हजार रुपैयाँ विनियोजन गरिएको छ । चालु खर्चमा रंगेली अस्पताल व्यवस्थापन, अति विपन्न प...
तपश्वी बम्जन बालयौन दुराचारमा दोषी ठहर

तपश्वी बम्जन बालयौन दुराचारमा दोषी ठहर

सर्लाही । आफूलाई तपश्वी दाबी गर्दै आएका रामबहादुर बम्जन बालयौन दुरुपयोगमा दोषी ठहर भएका छन् । जिल्ला अदालत सर्लाहीले सोमवार उनलाई दोषी ठहर गरेको हो । जिल्ला न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले बम्जनलाई बालयौन दुरुपयोगमा दोषी ठहराएको स्रेस्तेदार सदन अधिकारीले जानकारी दिए । बम्जनमाथि सजाय निर्धारणका लागि भने पछि पेसी तोकिने अदालतले जनाएको छ । बम्जनविरुद्ध बालयौन दुरुपयोगमा १८ वर्षीया किशोरीका त...
देशभर फैलियो मनसुन, यसवर्ष औसतभन्दा बढी पानी पर्ने

देशभर फैलियो मनसुन, यसवर्ष औसतभन्दा बढी पानी पर्ने

विराटनगर । यस वर्षको मनसुन प्रणाली देशभर फैलिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार जेठ २८ गते कोशी प्रदेशको पूर्वी भूभागबाट मनसुन भित्रिएको थियो । त्यसपछि क्रमशः मधेश प्रदेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेश हुँदै सोमवार देशभर फैलिएको महाशाखाले जनाएको छ । यतिबेला देशभर आंशिकदेखि साधारणतया बदली रहेको महाशाखाले आफ्नो बुलेटिनमा उल्लेख गरेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका ...
पेस्तोल र बन्दुकसहित दुईजना पक्राउ

पेस्तोल र बन्दुकसहित दुईजना पक्राउ

विराटनगर । उदयपुर र ताप्लेजुङका छुट्टाछुट्टै स्थानबाट पेस्तोल र भरुवा बन्दुक सहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा उदयपुरको त्रियुगा नगरपालिका–३ का २० वर्षीय जुलेस रायमाझी र ताप्लेजुङको पाथीभरा याङबरक गाउँपालिका–४ का ४३ वर्षीय नरेश फुयाङ लिम्बु छन् । उदयपुरको त्रियुगा–१२ स्थित साथीको घरमा गएका रायमाझीले साथमा पेस्तोल बोकेका छन् भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उद...
मनकारीले गरे मोरङको धनपालका असहाय परिवारलाई सहयोग

मनकारीले गरे मोरङको धनपालका असहाय परिवारलाई सहयोग

विराटनगर । मोरङको धनपाल गाउँपालिकाको कर्सिया क्षेत्रमा बस्ने एक असहाय परिवारका लागि ‘आभा फाउन्डेसन’ ले सहयोग गरेको छ । स्थानीय लक्ष्मी साहको आमाबुबाको मृत्यु भएको र उनको लागि ७० वर्षकी हजुरआमाले मागेर जीवन चलाउनु पर्ने बाध्यता भएकाले सहयोग गरिएको हो । आभा फाउन्डेसनकी अध्यक्ष सीता शाहको नेतृत्वमा, अम्बिका शाह, आर्यन स्वर्णकार र गोविन्द शाह लगायतका सदस्यहरूले व्यक्तिगत रुपमा सहयोग गरेका हुन् । उन...
धनकुटामा झमक घिमिरेको नामबाट गरियो सडकको नामकरण

धनकुटामा झमक घिमिरेको नामबाट गरियो सडकको नामकरण

धनकुटा । देश-विदेशमा प्रसिद्ध राष्ट्रिय प्रतिभा झमक घिमिरेको सम्मानस्वरुप धनकुटा नगरपालिकाले नगरको एउटा सडकलाई उनकै नाममा नामकरण गर्ने निर्णय गरेको छ । नगर कार्यपालिकाको आइतवार बसेको बैठकको यस्तो निर्णय गरेको हो । मदन पुरस्कार विजेता तथा धनकुटाको गहनाका रुपमा रहेकी झमकको सम्मानका लागि धनकुटा–६ स्थित आयुर्वेदिक अस्पतालदेखि वडा ४ मा पर्ने स्कुलडाँडासम्मको सडकलाई उनकै नाममा नामकरण गर्ने निर्णय भएको...
विराटनगर महानगरले ल्यायो ३ अर्ब ४९ करोड ९८ लाखको बजेट

विराटनगर महानगरले ल्यायो ३ अर्ब ४९ करोड ९८ लाखको बजेट

विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ३ अर्ब ४९ करोड ९८ लाख ८६ हजार रुपैयाँको वजेट प्रस्तुत गरेको छ । सोमवार नगरसभाको चौधौँ अधिवेशनमा उपमेयर शिल्पा निराला कार्कीले आर्थिक वर्ष २०८१–८२ का लागि उक्त रकम बराबरको बजेट प्रस्तुत गरेकी हुन् । बजेटमा कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ ५९ करोड, ऋणको साँवा ब्याज भुक्तानीका लागि ५ करोड, चालु आर्थिक वर्षको चालु खर्चतर्फको दायित्व...
खोटाङको रावा बेँसी पालिकाले ५० वर्ष पुगेका अविवाहित महिलालाई भत्ता दिने

खोटाङको रावा बेँसी पालिकाले ५० वर्ष पुगेका अविवाहित महिलालाई भत्ता दिने

खोटाङ । खोटाङको रावा बेँसी गाउँपालिकाले ५० वर्ष पुगेका अविवाहित महिलालाई जीवन निर्वाह भत्ता प्रदान गर्ने भएको छ । आर्थिक वर्ष २०८१–८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष फटिककुमार श्रेष्ठले ५० वर्ष पुगेका अविवाहित महिलालाई भत्ता दिने जानकारी दिएका हुन् । अघिल्लो आर्थिक वर्षबाट गाउँपालिकाले ४५ वर्ष पुगेका विधुर पुरुषलाई मासिक १५ सय भत्ता दिँदै आएको छ । उक्त कार्यक्रमलाई गाउँप...
खोलाको भँगालोमा बेपत्ता भएका मजदुर मृत भेटिए

खोलाको भँगालोमा बेपत्ता भएका मजदुर मृत भेटिए

पाँचथर । पाँचथर र ताप्लेजुङको सीमामा पर्ने इन्द्रावती खोलाको भँगालोमा खसेर बेपत्ता भएका एकजना भारतीय मजदुर मृत अवस्थामा फेला परेका छन् । शनिबार शौच गर्ने क्रममा खुट्टा चिप्लिएर भँगालोमा खसेका ४० वर्षीय बैकुण्ठ बिहारी बेपत्ता भएका थिए । खोजी गर्ने क्रममा बेपत्ता भएको स्थानभन्दा केही तल सिदिङ्वा गाउँपालिका–३ स्थित नदी किनारमा आइतबार साँझ बिहारी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनी ताप्...
नागरिकको स्वास्थ्यसँग जोडिँदै प्रदेश सरकार

नागरिकको स्वास्थ्यसँग जोडिँदै प्रदेश सरकार

धनकुटा । धनकुटा जिल्ला अस्पतालको प्रशासनिक भवन नजिक अर्को ‘भव्य’ भवन बन्दैछ । ४० करोड खर्च गरेर बनाइदै गरेको पाँच तले भवन जिल्ला अस्पतालकै हो । कृषि ज्ञान केन्द्रको २५ रोपनी जग्गालाई जिल्ला अस्पताल मातहत ल्याएर धमाधम अस्पताल भवन निर्माण भइरहेको छ । १५ शय्याको धनकुटा जिल्ला अस्पताललाई १०० शय्यामा स्तरोन्नति गर्ने कोशी प्रदेश सरकारको योजना अनुसार अस्पताल स्तरोन्नतिको प्रकृया अघि बढेको हो । झापाको...
प्रविधियुक्त बनेसँगै इलामका सरकारी विद्यालयमा विद्यार्थीको चाप

प्रविधियुक्त बनेसँगै इलामका सरकारी विद्यालयमा विद्यार्थीको चाप

इलाम । इलाम नगरपालिका–५ बिब्ल्याँटेकी चेसुुङ जवेगु सदरमुकामका नाम चलेका बोर्डिङ स्कुल छाडेर गाउँकै सरकारी स्कुलमा जान थालिन् । कक्षा ७ सम्म बिब्ल्याँटेको माउन्टमेरी स्कुलमा अध्ययन गरेकी जवेगुुलाई थप अध्ययनका लाागि थुुप्रै विद्यालयहरु विकल्पमा थिए । अहिले कक्षा ९ मा अध्ययनरत उनी गाउँको अमर कल्याण मावि रोज्नुको मुख्य कारण मान्छिन्, त्यहाँको प्रविधिमैत्री अध्ययन अध्यापन गर्ने शैली । कम्युुटर इन्जि...
error: Content is protected !!