विराटनगर । आज सुनको मूल्य बढेको छ । हिजो आइतबार दुई हजार दुई सय रुपैयाँले घटेको सुनको मूल्य आज तोलामा चार सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ५१ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन तोलामा एक लाख ५० हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य भने स्थिर छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ४० रुपैयाँ तोकिएको छ । हिजो पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।