विराटनगर । आज पनि सुनको मूल्य बढेको छ । हिजो चार सय रुपैयाँले बढेको सुनको मूल्य आज तोलामा दुई सय रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ५१ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो सुन तोलामा एक लाख ५१ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । आज पनि चाँदीको मूल्य स्थिर छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ४० रुपैयाँ तोकिएको छ । हिजो पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।