इटहरीमा पहिचान नखुलेको सवारीले मोटरसाइकललाई ठक्कर दिँदा दम्पतीको मृत्यु
सुनसरी । सुनसरीको इटहरीमा पहिचान नखुलेको सवारी साधनले मोटरसाइकललाई ठक्कर दिँदा पतिपत्नीको मृत्यु भएको छ । दुर्घटनामा सङ्खुवासभाको धर्मदेवी नगरपालिकाका ३२ वर्षीय युवराज गुरुङ र ३२ वर्षीया टीका गुरुङको मृत्यु भएको हो ।
आज दिउँसो ११ः५० बजे इटहरी-१७ बालग्राममा को ३६ प ५६३७ नम्बरको बुलेट मोटरसाइकललाई पहिचान नखुलेको सवारी साधनले ठक्कर दिएको ट्राफिक ब्यवस्था कार्यालय इटहरीका प्रहरी उपरीक्षक बिनोद घिम...

























