
सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका-७ का ४४ वर्षीय सरोज विकको तेजाब सेवनबाट मृत्यु भएको छ । असार २३ गते घरको धारा सफा गर्न राखेको तेजाब खाएर बिक सिकिस्त भएका थिए ।
उनको उपचारका क्रममा आइतबार राति मृत्यु भएको सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिए । उनले मादक पदार्थ सेवन गरेर तेजाब खाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
तेजाब खाएर सिकिस्त भएका विकलाई सुरुमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उपचार सम्भव नभएपछि विराट नर्सिङ होम विराटनगरमा भर्ना गरिएको थियो ।
उनको उपचारकै क्रममा २ सातापछि मृत्यु भएको प्रहरीको भनाइ छ । प्रहरीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान सुरु गरेको छ ।

संगालोखबर 













