
धनकुटा । अबिरल वर्षाका कारण पहिरो खस्दा रवि-राँके-भेडेटार सडक खण्ड अवरुद्ध भएको छ । आज बिहान करिब ६ः२० बजे धनकुटाको साँगुरीगढी गाउँपालिका-५ लुम्फाकुङमा खसेको पहिरोले निर्माणधीन रवि-राके-भेडेटार सडक खण्ड अवरुद्ध भएको हो ।
प्रहरीका अनुसार सडकमाथिबाट खसेको पहिरोले दुबैतर्फ सडक अवरुद्ध भएको छ । डाँडाबजारबाट खटिएको प्रहरी टोलीले सडक खुलाउने प्रयास गरिरहेको छ ।
यस्तै चौबिसे गाउँपालिका-४ स्थित निर्माणधीन तमोर करिडोरमा पनि सवारी आवत जावत अवरुद्ध भएको छ । धनकुटाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार छरुवा खोलामा आएको बाढीले सडक अवरुद्ध भएको हो ।

संगालोखबर 













