
सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका-९ राजाबासस्थित सप्तकोसी नदीमा नुहाउन पसेका बालक बेपत्ता भएका छन् । भोक्राहा नरसिंह गाउँपालिका-१ का ११ वर्षीय दीपेश मेहता नदीमा बेपत्ता भएका हुन् ।
तीन जनासँगै नुहाउन गएकामा दुई जना सकुशल बाहिर आएका र दीपेश बेपत्ता भएको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाको भनाइ छ ।
बेपत्ता दिपेशको नेपाल र सशस्त्र प्रहरीले खोजी गरिरहेको छ । हालसम्म उनीलाई फेला पार्न नसकिएको प्रहरीले जनाएको छ ।

संगालोखबर 













