संगालोखबर
तस्बिर : एआईको सहयोगमा

सुनसरी । सुनसरीको इनरुवा नगरपालिका-७ स्थित भित्री सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । शनिबार राति भएको दुर्घटनामा सोही स्थानका ३५ वर्षीय पारस यादवको मृत्यु भएको हो ।

प्रहरीका अनुसार को ३४ प ५१६ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका उनलाई उपचारका लागि लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

दुर्घटनामा मोटरसाइकल पछाडि सवार सोही स्थानका ३५ वर्षीय रवि सरदार घाइते भएका छन् । उनको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!