
विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिका-८ मा करेन्ट लागेर वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा ७२ वर्षीय तिलक चौधरी छन् ।
सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार आइतबार राति साउण्ड सिस्टममा चुँडिएको तार मर्मत गरेर प्लकमा जोड्ने क्रममा करेन्ट लाग्दा वृद्धको घटनास्थलमै मृत्यु भएको हो ।
मृतकको शव पोष्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा राखिएको छ । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

संगालोखबर 













