
संखुवासभा । संखुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुणतेस्रो जलविद्युत आयोजनामा कार्यरत एक मजदुरको करेन्ट लागेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा कैलालीको घोडाघोडी नगरपालिका-२ का ४० वर्षीय करणधर पौडेल छन् । करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनलाई चिचिला गाउँपालिका-३ स्थित अरुणतेस्रो परियोजनाको अडिट थ्रीस्थित सोलाखानीको सुरुङभित्र करेन्ट लागेको थियो ।

संगालोखबर 













