संगालोखबर


धनकुटा । धनकुटा नगरपालिका-६ बाघेखोला स्थित कागियोघारी सामुदायिक वनमा वृक्षारोपण गरिएको छ । सामुदायिक वन उपभोक्ता समूहले विभिन्न प्रजातिका तीन सय बढी बिरुवा रोपेको हो ।

सामुदायिक वनमा रहेको पानीको मुहान संरक्षणका गर्ने उद्देश्यसहित बिरुवा रोपिएको जनाइएको छ । वन उपभोक्ता समूहका अध्यक्ष दिव्यप्रसाद मिश्रका अनुसार पछिल्लो समय पानी नपरेका कारण पानीका मुहान सुक्न थालेपछी मुहान संरक्षणका लागि वृक्षरोपण गरिएको हो ।

Advertisement

जिल्लामा रहेका वन उपभोक्ता समूहसँग सहकार्य गरेर वृक्षारोपण गर्न थालिएको सामुदायिक वन उपभोक्ता महासङ्घ धनकुटाका अध्यक्ष निलबहादुर थापाले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!