लामीडाँडा विमानस्थलः ४८ वर्षसम्म कच्चीमा नियमित उडान, कालोपत्रेपछि रोकियो
खोटाङ । लामीडाँडा विमानस्थलमा २०७६ असार ३ गते समिट एयरको नाइन एन–एएम्जी विमान मार्फत परीक्षण उडान गरियो । त्यसपछि हालसम्म एउटा पनि उडान हुन सकेको छैन । खोटाङको सबैभन्दा पुरानो विमानस्थलका रूपमा रहेको उक्त विमानस्थल ६ करोड ७६ लाख ९३ हजार लगानीमा कालोपत्र भएको थियो ।
नियमित उडान गर्ने भनिएपनि कालोपत्रेपछि गरिएको परीक्षण उडानबाहेक अन्य उडान तथा अवतरण हुन सकेको छैन । तत्कालीन सांसद विशाल भट्टराईले...





























