मोरङ मेरो लागि नयाँ होइन, जिम्मेवारी मात्र नयाँ हो : सीडीओ यादव
विराटनगर । मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले अब्बल कार्यसम्पादन गर्ने बताएका छन् । बुधबार मोरङको सीडीओका रूपमा पदभार सम्हालेका यादवले आज पत्रकारहरूसँग छलफल गर्दै यस्तो बताएका हुन् ।
उनले कार्यालयले प्रवाह गर्ने सेवालाई चुस्तदुरुस्त राख्दै सहज सेवा उपलब्ध गराउने उल्लेख गरे । आफूले धेरै जिल्लामा सीडीओ भएर काम गरिसकेको बताउँदै सबैभन्दा राम्रो काम गरेर देखाउने प्रतिबद्धता जनाएका छन् ।
...






























