संगालोखबर


धनकुटा । धनकुटामा कर्फ्यु हटाएर निषेधाज्ञा आदेश जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले आज बिहान ११ बजेदेखि अर्को आदेश नभएसम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३ क) बमोजिम निषेधाज्ञा जारी गरिएको सूचना मार्फत जनाएका छन् ।

निषेधाज्ञा अवधिभर कुनै पनि प्रकारका भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न रोक लगाइएको छ । आदेशको अवज्ञा गरेमा कानुन अनुसार कारबाही गरिने जनाइएको छ ।

Advertisement

धनकुटामा बुधबार साँझ ५ बजेदेखि आज बिहान ६ बजेसम्म कर्फ्यु आदेश जारी गरिएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!