
धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका-३ स्थित पञ्चकन्यामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् ।
दुर्घटनामा सहिदभूमि गाउँपालिका-२ का १८ वर्षीय खगेन्द्र परियारको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीका अनुसार चालक सोही ठाउँका २३ वर्षीय सचिन परियार घाइते भएका छन् ।
शनिबार बिहान को २ त ८६९९ नम्बरको ट्याक्टर आफैं अनियन्त्रित भएर सडकबाट करिब ८० मिटर तल खसेको धनकुटा प्रहरीले जनाएको छ । सहिदभूमि स्थित सेती चोकबाट ढुंगा बोकेर पञ्चकन्या आउँदै गर्दा ट्याक्टर दुर्घटना भएको प्रहरीको भनाइ छ ।

संगालोखबर 













