
विराटनगर । जेनजी पुस्ताको आन्दोलनका कारण ठप्प विराटनगरको बजार पसल फाट्टफुट्ट खुल्न थालेका छन् । भदौ २३ र २४ गतेको आन्दोलनका कारण बन्द रहेका बजार पसल क्रमशः खुल्न थालेपछि मानिसहरूको आवत–जावत पनि बाक्लिएको छ ।
आन्दोलनका क्रममा विभिन्न कार्यालय तथा नीजि सम्पतिमा तोडफोड र आगजनी भएपछि मंगलबार साँझबाट सेना परिचालनसँगै कर्फ्यु जारी भएको थियो ।
विराटनगरमा आज पनि निषेधाज्ञा जारी छ । आज बेलुका ५ बजेपछि भोलि बिहानसम्म कर्फ्यु जारी रहने प्रशासनले जनाएको छ ।













तस्बिर : मोहन ढकाल/संगालोखबर

संगालोखबर 













