संगालोखबर


विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङबाट प्रवाह हुने सेवाग्राही लक्षित सेवाहरू अनिश्चित कालका लागि बन्द भएका छन् ।

भदौ २४ गते भएको जेनजी आन्दोलनमा तोडफोड, लुटपाट तथा आगजनीका कारण कार्यालय पूर्णरूपमा क्षतिग्रस्त भएपछि कार्यालयबाट प्रवाह हुने सेवाहरू बन्द भएका हुन् ।

Advertisement

सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले आज एक सूचना जारी गर्दै कार्यालयको अभिलेख र कागजातहरू जलेर नष्ट भएका कारण अर्को सूचना जारी नभएसम्मका लागि सेवाहरू बन्द गरिएको जानकारी गराएका छन् ।

‘सकेसम्म छिटो/अविलम्ब सेवा प्रदान गर्न हाम्रो प्रयत्न जारी रहको व्यहोरा जानकारी गराउँदछौँ’, सूचनामा भनिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!