संगालोखबर


विराटनगर । जेनजी आन्दोलनका क्रममा अराजक समूहले गरेको आगजनी, तोडफोड र लुटपाटका कारण मोरङ जिल्ला अदालतमा तत्काल नियमित सेवा सञ्चालन नहुने भएको छ ।

अदालतले सूचना जारी गर्दै भौतिक संरचना र सेवा प्रवाहसँग सम्बन्धित सम्पूर्ण सामानहरू नष्ट भएका कारण असोज २० गतेसम्म अधिकांश सेवाहरू बन्द रहने बताएको छ ।

Advertisement

बन्दीप्रत्यक्षीकरणको निवेदनको सुनुवाइ, सरकारवादी फौजदारी मुद्दाको अनुसन्धानका लागि म्याद थप, पक्राउ पुर्जी अनुमति, जरुरी पक्राउ पुर्जी र थुनछेक बाहेकका अन्य सेवाहरू बन्द रहने अदालतले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!