विराटनगरबाट नक्कली नोटसहित भारतीय युवती पक्राउ
विराटनगर । विराटनगर-१३ बाट नक्कली नोटसहित भारतीय युवती पक्राउ परेकी छन् । भारतको बिहार अररियाकी १९ वर्षीया सिम्पी बैसन्ती नक्कली नोटसहित पक्राउ परेकी हुन् ।
प्रहरीका अनुसार उनले मङ्गलबार विराटनगर-१३ स्थित एक किरना पसलमा सामान किनेकी थिइन् । उनले पसलेलाई पाँच सय भारतीय रुपैयाँ पसलेलाई दिइन् । उक्त नोट नक्कली भएको शङ्का लागेर पसलेले प्रहरीलाई खबर गरेका थिए ।
सोही आधारमा इलाका प्रहरी कार्यालय रान...





























