झापा र मोरङबाट लागूऔषधसहित पाँच जना पक्राउ
विराटनगर । झापा र मोरङबाट प्रतिबन्धित लागूऔषधसहित पाँच जना पक्राउ परेका छन् । विभिन्न स्थानमा चेकजाँचका क्रममा प्रहरीले लागूऔषधसहित उनीहरूलाई पक्राउ गरेको हो ।
झापाको मेचीनगर नगरपालिका-६ बाट दमक नगरपालिका-५ का ३१ वर्षीय राजु श्रेष्ठ ४५ ग्राम ९३० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका छन् । यस्तै लागूऔषध नियन्त्रण ब्युरो विराटनगरले सुन्दरहरैँचा-१० का २८ वर्षीय सुशान्त पोखरेल र सुन्दरहरैँचा-९ का ...





























