कोशीका यातायात कार्यालय व्यवस्थित बनाउन १० बुँदे निर्देशन
विराटनगर । कोशी प्रदेश सभाको न्याय, प्रशासन तथा विधायन समितिले प्रदेशका यातायात व्यवस्था कार्यालयहरूको सेवा सुधार गर्न सरकारलाई १० बुँदे निर्देशन दिएको छ । समितिकी सभापति कमला दर्नालले सोमबार आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीलाई सुझाबसहितको प्रतिवेदन हस्तान्तरण गरेकी हुन् ।
प्रतिवेदनमा इटहरीस्थित यातायात व्यवस्था कार्यालयको अवस्था नाजुक रहेको उल्लेख गरिएको छ । जेनजी आन्दोलनका क्...






























