रामेछाप बस दुर्घटना अपडेट : पाँच जनाको अवस्था चिन्ताजनक
विराटनगर । काठमाडौंबाट ओखलढुङ्गा आउँदै गरेको यात्रुबाहक बस मन्थली नगरपालिका-६ स्थित तामाकोसी नदीमा खस्दा पाँच जना गम्भीर घाइते भएका छन् । रामेछापको मचानेटार भन्ने ठाउँबाट प्रदेश ३-०१-९९५ ख ९९७५ नम्बरको बस तामाकोसी नदीमा खसेको हो ।
‘उद्धार गरिएमध्ये पाँच जनाको अवस्था चिन्ताजनक छ’, रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर केसीले संगालोखबरसँग भने, ‘उनीहरूलाई अस्पताल लगिएको छ । अहिलेसम्म कसै...































