संगालोखबर
फाइल तस्बिर

भोजपुर । भोजपुरमा प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना आज दिउँसो १२ बजेपछि सुरु गर्ने तयारी गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिले उम्मेदवार र उनीहरूका प्रतिनिधिहरूसँग सर्वदलीय बैठक बसिरहेको छ ।

बिहान ११ बजेदेखि सुरु भएको सो छलफलमा मतगणनाको समय र प्रक्रियाका बारेमा अन्तिम निर्णय लिइनेछ । छलफल सकिएलगत्तै मतगणनाको टुङ्गो लाग्ने र आधिकारिक सूचना जारी गरिने कार्यालयले जनाएको छ ।

जिल्लाका सबै मतदान केन्द्रबाट मतपेटिकाहरू मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सुरक्षित रूपमा सङ्कलन भइसकेका छन् । मतगणना स्थलको सुरक्षा व्यवस्था निकै कडा पारिएको निर्वाचन कार्यालयले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!