धनकुटा बस दुर्घटना अपडेट : मृतकको संख्या तीन पुग्यो
धनकुटा । धनकुटा नगरपालिका-६ गोठगाउँमा भएको बस दुर्घटनामा मृतकको संख्या तीन पुगेको छ । भोजपुर षडानन्द नगरपालिका-१३ का ५८ वर्षीय लिला बहादुर श्रेष्ठको मृत्यु भएसँगै मृतकको संख्या तीन पुगेको हो ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज बिहान ४ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।
यसअघि दुर्घटनामा घाइते भ...






























