धरानमा पार्किङ गरेर राखिएका ६ वटा बसमा आगलागी
विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका-८ मा पार्किङ गरेर राखिएका ६ वटा बसमा आगलागी भएको छ । अटल ग्यारेजमा पार्किङ गरेर राखिएका ६ वटा बसमा मंगलबार राति आगलागी भएको हो ।
आगलागीबाट को १ ख ६२७४, प्र १-०१-००१ ख ४०३७ र बा ४ ख ५७५९ नम्बरका बस पूर्णरूपमा जलेका छन् । को १ ख ३८४७, बा ५ ख ५८१४ र बा ५ ख ५८०९ नम्बरका बसमा आशिंक क्षति पुगेको प्रहरीले जनाएको छ ।
आगलागीको कारणबारे अनुसन्धान भइरहेको सुनसरी प...





























