कोशी प्रदेशमा तीन दिनसम्म गणतन्त्र दिवस मनाइने, के छ तयारी ?
विराटनगर । कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकले जेठ १४, १५ र १६ गते गणतन्त्र दिवस मनाउने निर्णय गरेको हो ।
जेठ १४ गते प्रदेशका मन्त्रालयमा सचिव, स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतहरू र अन्य कार्यालयहरूमा कार्यालय प्रमुखहरूको नेतृत्वमा सरसफाइ गर्ने र साँझ दीपावली गर्ने तयारी...































