सुनसरीको इनरुवामा घरभित्रै मृत भेटिए पति-पत्नी 

सुनसरीको इनरुवामा घरभित्रै मृत भेटिए पति-पत्नी 

विराटनगर । सुनसरीको इनरुवा नगरपालिका-९ बबियामा पति-पत्नी घरभित्रै मृत फेला परेका छन् । प्रहरीका अनुसार आज बिहान ४० वर्षीय शुकदेव शर्मा र उनकी पत्नी ३२ वर्षीया सवेता खातुन मृत फेला परेका हुन् । सुनसरी प्रहरीका अनुसार बाँसको टाटीबेरा भएको एक तले कच्ची घरको धुरीमा झुण्डिएको अवस्थामा शुकदेव मृत फेला परेका छन् भने पत्नी ओछ्यानमा मृत फेला परेकी हुन् । स्थानीयले दम्पतीलाई मृत देखेपछि प्रहरीलाई खबर गरे...
ठूलो परिमाणमा ब्राउन सुगरसहित विराटनगरबाट दुई जना पक्राउ 

ठूलो परिमाणमा ब्राउन सुगरसहित विराटनगरबाट दुई जना पक्राउ 

विराटनगर । विराटनगर महानगरपालिका-१४ मलाया रोडबाट ठूलो परिमाणमा लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । विराटनगर-१२ का २३ वर्षीय रोशनलाल महतो र भारत बिहारको अररियाका २१ वर्षीय पवनकुमार यादव पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको टोलीले शनिबार साँझ उनीहरूलाई नियन्त्रणमा लिएको हो । को ३० प ४१० नम्बरको मोटरसाइकलमा अडेस लागेर गफ गरिरह...
मोरङको कटहरीमा तरकारी लोड भएको ट्रकभित्र भेटियो ३१ सय किलो गाँजा

मोरङको कटहरीमा तरकारी लोड भएको ट्रकभित्र भेटियो ३१ सय किलो गाँजा

विराटनगर । मोरङको कटहरी गाउँपालिका-३ बाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । गएराति करिब १२ः३० बजे को १ ख ४५१८ नम्बरको ट्रकबाट तीन हजार एक सय ५० किलो गाँजा बरामद गरेको हो । बन्दाकोपी लोड भएको ट्रक खानतलासी गर्दा उक्त परिमाणमा गाँजा बरामद गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुडालले जानकारी दिइन् । ‘बन्दाकोपीले छोपेको अवस्थामा एक सय पाँच बोरा गाँजा फेला परेको हो’, डीएसपी चुडालले...
मोरङको बेलबारीमा जंगली हात्तीको आक्रमणबाट महिलाको मृत्यु

मोरङको बेलबारीमा जंगली हात्तीको आक्रमणबाट महिलाको मृत्यु

विराटनगर । मोरङको बेलबारी नगरपालिका-९ बाँसबारीमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार ४५ वर्षीया अमिना राजवंशीको मृत्यु भएको हो । आफ्नै घरनजिकको खेतमा पानी लगाउन गएका बेला आज बिहानका राति करिब ३ बजे हात्तीले अमिनालाई आक्रमण गरेको प्रहरीले जनाएको छ । हात्तीको आक्रमणबाट गम्भीर घाइते भएकी उनलाई उपचारका लागि विराटनगरको न्युरो अस्पताल ल्याइएको थियो । उनको उपचारका क्रम...
कोशी प्रदेश खेलकुद विकास बोर्डले गर्यो १०१ जनालाई सम्मान

कोशी प्रदेश खेलकुद विकास बोर्डले गर्यो १०१ जनालाई सम्मान

विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डले खेलाडी तथा खेल क्षेत्रमा योगदान पुर्याउने १०१ जनालाई सम्मान गरेको छ । राष्ट्रपति रनिङ शिल्ड, अन्तरप्रदेश प्रतियोगिता र राष्ट्रिय स्तरका प्रतियोगितामा कोशी प्रदेशलाई प्रतिनिधित्व गर्दै पदक जित्ने खेलाडी तथा खेल क्षेत्रमा विशिष्ट योगदान गर्ने व्यक्तिलाई सम्मान गरेको हो । बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम)ले बोर्डले १५ औँ राष्ट्रपति रनिङ शिल्डमा ...
मोरङको बुढीगंगामा सडेको अवस्थामा भेटियो महिलाको शव

मोरङको बुढीगंगामा सडेको अवस्थामा भेटियो महिलाको शव

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका-६ कोयलपुरस्थित सुनसरी-मोरङ सिँचाइ आयोजनाको नहरनजिक महिलाको शव फेला परेको छ । प्रहरीका अनुसार शनिवार दिउँसो करिब ४ बजे शव फेला परेको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुडालका अनुसार शव सडेर दुर्गन्धित अवस्थामा फेला परेको हो । दुर्गन्धित र कीरा परेको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । महिलाको पहिचान खुल्न बाँकी छ । कानुनी प्रक्रि...
धनकुटामा खोल्सीमा खसेकी महिलाको सकुशल उद्धार

धनकुटामा खोल्सीमा खसेकी महिलाको सकुशल उद्धार

धनकुटा । धनकुटामा खोल्सीमा खसेकी महिलाको सकुशल उद्धार गरिएको छ । प्रहरीका अनुसार धनकुटा नगरपालिका-५ की ३५ वर्षीया पूर्णिमा राईको उद्धार गरिएको हो । आज साँझ करिब ६ः३० बजे धनकुटा-६ परिचय मोडस्थित कोशी लोकमार्गको पेटीमा बसेकी उनी करिब ७० मिटर माथिबाट खोल्सीमा खसेकी थिइन् । घटनाको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीको कमान्डमा प्रहरी टोली खटिएको ...
चौबिसेको धपडतालमा डुबेर एक जनाको मृत्यु

चौबिसेको धपडतालमा डुबेर एक जनाको मृत्यु

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–२ स्थित धपडतालमा डुबेर आज दिउँसो एक जनाको मृत्यु भएको छ । पौडी खेल्ने क्रममा डुब्दा चौबिसे–१, फेदापजुङका १७ वर्षीय अभिषेक आले मगरको मृत्यु भएको हो । पौडी खेल्ने क्रममा दिउँसो करिब ३ः३० बजे उनी तालमा डुबेर बेपत्ता भएका थिए । खोजी गर्ने क्रममा साँझ करिब ५ बजे उनको शव फेला परेको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए । ‘तालमा मान्छे डुबे...
ग्रामथानका दुई वडाध्यक्षलाई गाउँसभा प्रवेशमा रोक

ग्रामथानका दुई वडाध्यक्षलाई गाउँसभा प्रवेशमा रोक

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझीले दुई जना वडाध्यक्षलाई गाउँसभामा प्रवेश गर्न रोक लगाएका छन् । अनुशासन उल्लंघन गरेको भन्दै वडा नम्बर ७ का अध्यक्ष विरेन्द्र चौधरी र वडा नम्बर ५ का अध्यक्ष भेषनारायण चौधरीलाई अध्यक्ष माझीले सात दिनका लागि गाउँसभा बैठकमा निषेध गरेका हुन् । आज सम्पन्न गाउँसभाको तेस्रो बैठकमा वडाध्यक्षहरूले सभाको मर्यादा भंग गरेको आरोप लगाउँदै अध्यक्ष म...
झापा र सुनसरीबाट लागूऔषधसहित ६ जना पक्राउ 

झापा र सुनसरीबाट लागूऔषधसहित ६ जना पक्राउ 

विराटनगर । कोशीका दुई जिल्लाबाट लागूऔषधसहित ६ जना पक्राउ परेका छन् । झापा र सुनसरीबाट उनीहरू पक्राउ परेका हुन् । गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमक नगरपालिका-४ का १९ वर्षीया प्रिया तामाङ, दमक-५ का १९ वर्षीय सुमित सुन्दास, २१ वर्षीय प्रवीन चेम्जोङ र दमक-१० का २७ वर्षीय मनोज खनाल छन् । उनीहरूलाई ३५० क्याप्सुल र ...
कोशीलाई नेपालको ‘फेसन हब’ बनाउने सपना बुन्दै विराटनगरका रोनक अग्रवाल 

कोशीलाई नेपालको ‘फेसन हब’ बनाउने सपना बुन्दै विराटनगरका रोनक अग्रवाल 

विराटनगर । विराटनगरका रोनक अग्रवाल, जो सानैदेखी फेसनमा रूची राख्दथे । जुन सपना बुनेका थिए, त्यसैलाई पछ्याउँदै मेहनत गर्दै जाँदा आज उनले ठूलो फड्को मार्न सफल भएका छन् । उनको अर्को उपलब्धि भनेको पुनः मिस्टर नेपालको कोशी प्रदेश क्षेत्रीय निर्देशकमा नियुक्त हुनुपनि हो । यहाँसम्म आउनुमा उनको संघर्ष पनि कम छैन । सन् २०१५ मा पहिलोपटक एक स्थानीय सौन्दर्य प्रतियोगितामा फेसन इभेन्ट म्यानेजरको रूपमा पहिल...
मधेश प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा

मधेश प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा

धनुषा । मधेश प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरिएको छ । पानी नपर्दा धान रोपाइँमा समस्या भएको र धान रोपिएका खेतमा पनि धाँजा फाट्न थालेको भन्दै सुख्खाग्रस्त क्षेत्र घोषणा गरिएको हो । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहका अनुसार प्रदेश सरकार मन्त्रिपरिषद्को बिहीबारको बैठकले प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको हो । बैठकले सुक्खाग्रस्त मधेश प्रदेशका किसानका लागि आवश्यक विशेष राहत प...
लेगुवाको २५० वर्ष पुरानो नागेश्वर महादेव मन्दिर ओझेलमा

लेगुवाको २५० वर्ष पुरानो नागेश्वर महादेव मन्दिर ओझेलमा

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-६ लेगुवामा अवस्थित नागेश्वर दुग्धनाथ महादेव मन्दिर ओझेलमा परेको छ । धार्मिक आस्था तथा नेपालको इतिहाससँग जोडिएको उक्त मन्दिर प्रचार-प्रसार र संरक्षणको अभावमा ओझेलमा परेको हो ।  पूर्वका पिण्डेश्वर, बराहक्षेत्र लगायतका समकालीन मन्दिर चर्चामा रहेपनि यो मन्दिरमा भने चहल-पहल पनि कम हुँदै गएको छ । स्थानीयका अनुसार २०५० सालसम्म यो मन्दिरमा भक्तजनहरूको बाक्लो चहल-प...
झापामा हायसको ठक्करबाट पैदलयात्रीको मृत्यु

झापामा हायसको ठक्करबाट पैदलयात्रीको मृत्यु

विराटनगर । झापामा हायस गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सुरुङ्गा नगरपालिका-१ का ३८ वर्षीय रामबहादुर भुजेल छन् । बिर्तामोड नगरपालिका-२ रामचोक स्थित पूर्व–पश्चिम राजमार्गमा गम्भीर अवस्थामा फेला परेका उनलाई विर्तासिटी अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीले बा ५ ख ६८०३ नम्बरको हायससहित चालक मकवानपुर थाहा नगरपालिका-७ का २७ वर्षीय रोशन तामाङलाई काँक...
रंगेलीमा मामाघर आएका बालकको पोखरीमा डुबेर मृत्यु

रंगेलीमा मामाघर आएका बालकको पोखरीमा डुबेर मृत्यु

विराटनगर । मोरङको रंगेली नगरपालिका-९ मा पोखरीमा डुबेर बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनपालथान गाउँपालिका-६ दादरबेरियाका १० वर्षीय प्रशान्त विश्वकर्मा छन् । उनको आज दिउँसो मृत्यु भएको हो । प्रहरीका अनुसार प्रशान्त रंगेली-९ बेलचोकस्थित मामाघरमा गएका थिए । उनलाई मामाघरनजिकैको सुवास राजवंशीको पोखरीमा डुबिरहेको अवस्थामा दिउँसो २ बजेतिर फेला पारेर स्थानीयले उपचारका लागि रंगेली अस्पताल लगेका थ...
कोशीमा ७७ प्रतिशत बजेट खर्च, भौतिक पूर्वाधारमा सबैभन्दा बढी

कोशीमा ७७ प्रतिशत बजेट खर्च, भौतिक पूर्वाधारमा सबैभन्दा बढी

विराटनगर । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ मा कुल बजेटको ७७.२६ प्रतिशत बजेट मात्रै खर्च गर्न सफल भएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले दिएको विवरण अनुसार कुल ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेटमा २७ अर्ब २५ करोड ६० लाख रुपैयाँ खर्च भएको हो । पूँजीगततर्फ विनियोजित बजेटको ७९.२६ प्रतिशत अर्थात १३ अर्ब ८२ करोड रुपैयाँ खर्च गर्दा चालुतर्फ ७५.२९ प्रतिशत १२ अर्ब ४२ करोड रुपैयाँ मात्र...
झापा दुर्घटना अपडेट : तीन वर्षीय बालकको पनि मृत्यु

झापा दुर्घटना अपडेट : तीन वर्षीय बालकको पनि मृत्यु

विराटनगर । झापाको बाह्रदशी गाउँपालिका-१ मा स्कुटर र मोटरसाइकल दुर्घटनामा मृतकको संख्या तीन पुगेको छ । तीन वर्षीय आयुष राजवंशीको उपचारका क्रममा मृत्यु भएसँगै मृतकको संख्या तीन पुगेको हो । यसअघि स्कुटर चालक कचनकवल गाउँपालिका-३ का ६० बर्षीय श्रीप्रसाद राजवंशी र मोटरसाइकल चालक भारतको किशनगंजका २५ बर्षीय सुरज टुडुको मृत्यु भएको थियो । आयुश श्रीप्रसादका नाति हुन् । दुर्घटनामा घाइते भएकी श्रीप्रसादकी...
सुनसरीको देवानगञ्जबाट गाँजासहित दुई जना पक्राउ

सुनसरीको देवानगञ्जबाट गाँजासहित दुई जना पक्राउ

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका-२ यादव टोलबाट गाँजासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा देवानगञ्ज-२ का २० वर्षीय प्रकाश यादव र देवानगञ्ज-७ का १९ वर्षीय धिरज यादव छन् । उनीहरूलाई बुधबार राति पाँच किलो गाँजासहित पक्राउ गरिएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए । गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले प्रकाशको घर खानतलासी गर्दा मकैको ढोडसहित बोरामा रा...
सुनसरीमा टिकटकबाट अफवाह फैलाउने युवक पक्राउ

सुनसरीमा टिकटकबाट अफवाह फैलाउने युवक पक्राउ

विराटनगर । सामाजिक संजाल टिकटकमार्फत अफवाह फैलाएको आरोपमा सुनसरीबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कोशी गाउँपालिका-३ नहरचोकका २२ वर्षीय साहिल अंसारी छन् । घृणित र अपमानजनक अश्लिल शब्द प्रयोग गर्दै समाजमा सम्भावित धार्मिक हिंसा भड्काउने भिडियो बनाई सामाजिक संजाल टिकटक लगायतमा सम्प्रेषण गरेपछि उनलाई पक्राउ गरिएको सुनसरी प्रहरीले जनाएको छ । उनलाई कोशी गाउँपालिका-३ जमुवाबाट पक्राउ गरिएको...
मोरङको धनपालथानमा उखुबारीबाट २६ बोरा गाँजा बरामद

मोरङको धनपालथानमा उखुबारीबाट २६ बोरा गाँजा बरामद

विराटनगर । मोरङको धनपालथान गाउँपालिका-१ बाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । प्रहरीका अनुसार उखुबारीबाट २६ बोरा गाँजा बरामद भएको हो ।  गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रंगेली, प्रहरी चौकी गडेरिया र सशस्त्र प्रहरी बलको बीओपी (बोर्डर आउट पोस्ट) नोचाबाट खटिएको संयुक्त टोलीले बुधबार साँझ गाँजा बरामद गरेको हो ।  मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुडालका अनुसार गाँजा तौल गर्...
मोरङ कारागारका बन्दीको उपचारका क्रममा मृत्यु

मोरङ कारागारका बन्दीको उपचारका क्रममा मृत्यु

विराटनगर । जिल्ला कारागार मोरङका एक जना बन्दीको मृत्यु भएको छ । कारागार प्रशासनका अनुसार जबरजस्ती करणी मुद्दाका बन्दी विराटनगर महानगरपालिका-५ घर भएका ४० वर्षीय सन्तोष पालको मृत्यु भएको हो । कारागारका जेलर गौरव ढुंगेलका अनुसार पाललाई जरबजस्ती करणी मुद्दामा जिल्ला अदालत मोरङले २०८१ साल मंसिर ११ गते कारागार चलान गरेको थियो । उनको उपचारका क्रममा विराटनगरको कोशी अस्पतालमा बुधबार साँझ ६ः२५ बजेतिर मृ...
धनकुटाका एक व्यक्‍तिद्वारा आत्मदाह प्रयास

धनकुटाका एक व्यक्‍तिद्वारा आत्मदाह प्रयास

धनकुटा । धनकुटामा एकजना पुरुषले आत्मदाहको प्रयास गरेका छन् । धनकुटा नगरपालिका-४ देब्रेवासका ४० वर्षीय पुरुषले आफ्नै शरीरमा मट्टितेल खन्याएर आगो लगाई आत्मदाहको प्रयास गरेका हुन् । आत्मदाहको प्रयास गरेका उनलाई श्रीमतीले देखेपछि आगो निभाएकी थिइन् । उनको अनुहार, छाती र ढाड जलेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए । उनको शरीरको करिब १७ प्रतिशत भाग डढे...
झापामा मोटरसाइकल र स्कुटर ठोक्किँदा दुईको मृत्यु, दुई जना घाइते

झापामा मोटरसाइकल र स्कुटर ठोक्किँदा दुईको मृत्यु, दुई जना घाइते

विराटनगर । झापामा मोटरसाइकल र स्कुटर एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । आज दिउँसो राजगढबाट कुटीतर्फ जाँदै गरेको बीआर ३७ एजेड ६४४० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र १-०१-०१६ प ९२७० नम्बरको स्कुटर एकआपसमा ठोक्किएका थिए । दुर्घटनामा स्कुटर चालक झापाको कचनकवल गाउँपालिका–-३ का ६० वर्षीय श्रीप्रसाद राजवंशी र मोटरसाइकल चालकको मृत्यु भएको ...
तेह्रथुमका किसान व्यवसायिक सिस्नु खेतीमा आकर्षित 

तेह्रथुमका किसान व्यवसायिक सिस्नु खेतीमा आकर्षित 

विराटनगर । तेह्रथुमका किसानले व्यवसायिक रूपमा सिस्नु खेती थालेका छन् । सिस्नुको माग बढेपछि लालीगुराँस नगरपालिका-१ स्थित चैते सामुदायिक वनमा यसको व्यवसायिक खेती सुरु गरिएको हो । सामुदायिक वनको तीन सय ६५ हेक्टरमध्ये एक हेक्टरमा सिस्नुका बिरुवा लगाउने योजना रहेको उपभोक्ता समितिले जनाएको छ । डिभिजन वन कार्यालयमार्फत प्रदेश सरकारको जडीबुटी विकास तथा व्यवस्थापन कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा १...
उदयपुरमा मोटरसाइकल दुर्घटना हुँदा मोरङका राजवंशीको मृत्यु

उदयपुरमा मोटरसाइकल दुर्घटना हुँदा मोरङका राजवंशीको मृत्यु

विराटनगर । उदयपुरको बेलका नगरपालिका-८ मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको बुढीगंगा गाउँपालिका-२ का ३२ वर्षीय अनिल राजवंशी छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार मंगलबार साँझ को ३८ प ९८७ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका राजवंशीको विराट टिचिङ अस्पताल बुढीगंगामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले...
खुल्यो मेची र सिद्धिचरण राजमार्ग 

खुल्यो मेची र सिद्धिचरण राजमार्ग 

विराटनगर । अविरल वर्षाका कारण अवरुद्ध बनेका मेची र सिद्धिचरण राजमार्ग सुचारु भएका छन् । ओखलढुंगाको सिद्धिचरण नगरपालिका-७ मा माथिबाट झरेको पहिरोले मंगलबार साँझ राजमार्ग अवरुद्ध भएको थियो । ओखलढुंगाका निमित्त प्रहरी प्रमुख इन्स्पेक्टर विजय कार्कीले पहिरो पन्छाएर बिहानैदेखि सवारी-साधन आवागमन सुचारु गरिएको जानकारी दिए । पहिरोका कारण रोकिएका सवारी गन्तव्यतर्फ गइसकेका कार्कीले संगालोखबरलाई जानकारी दि...
झापामा सामूहिक आक्रमणबाट २२ वर्षीया युवतीको मृत्यु

झापामा सामूहिक आक्रमणबाट २२ वर्षीया युवतीको मृत्यु

विराटनगर । झापामा सामूहिक आक्रमणमा परेकी एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका-४ भाङवारीकी २२ वर्षीया गंगा राई छन् । उनी हाल अर्जुनधारा-८ शनिश्चरे क्याम्पस नजिक डेरा बस्दै आएकी थिइन् । घटना मंगलबार रातिको हो । भोजपुरको रामप्रसाद राई गाउँपालिका-६ वैकुण्ठे घर भइ हाल अर्जुनधारा-७ मा बस्ने सुस्मिता भुसालले आफ्नो पति रमेश भुसाल गंगाको कोठामा गएको भन्दै टोलका महिलाहरूलाई बोलाए...
सुनसरीबाट गाँजासहित एक जना पक्राउ

सुनसरीबाट गाँजासहित एक जना पक्राउ

विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिका-१ बाट गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भोजपुरको आमचोक गाउँपालिका-८ का २१ वर्षीय अंकित मगर छन् । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बराहक्षेत्रबाट चतरातर्फ पैदल आउँदै गरेका उनलाई पक्राउ गरेको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए । उनले बोकेको जेब्रा झोलाबाट ९ किलो ५ सय ग्राम गाँजा बरामद भएको छ । उनलाई इलाक...
सरकारी मोटरसाइकलमा लागूऔषध, धनकुटाबाट कर्मचारी पक्राउ

सरकारी मोटरसाइकलमा लागूऔषध, धनकुटाबाट कर्मचारी पक्राउ

धनकुटा । धनकुटा नगरपालिका-७ स्थित जीरोप्वाइन्टबाट सरकारी मोटरसाइकलमा सवार एक कर्मचारी लागूऔषधसहित पक्राउ परेका छन् । मंगलबार दिउँसो करिब २ बजे पाख्रीबास नगरपालिकामा कार्यरत कर्मचारी मिगुर शेर्पा लागूऔषधसहित पक्राउ परेका हुन् । पाख्रीबास नगरपालिका-४ घर भएका शेर्पा हाल नगरपालिकामा स्थायी कर्मचारी हुन् । उनी एसिस्टेन्ट सब इन्जिनियरका रूपमा पाख्रीबास नगरपालिकामा कार्यरत रहेको खुलेको छ । धनकुटाको फ...
सोलुखुम्बुमा बाढीले मोटरसाइकल बगाउँदा एक जनाको मृत्यु

सोलुखुम्बुमा बाढीले मोटरसाइकल बगाउँदा एक जनाको मृत्यु

विराटनगर । सोलुखुम्बुमा बाढीले मोटरसाइकल बगाउँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा थुलुङ दुधकोशी गाउँपालिका-८ रणेमका मिङ्मार तामाङ छन् । थुलुङदुधकोशी गाउँपालिका-१ नेले र वडा नम्बर ६ को सिमानामा रहेको सिखुखोलामा आएको बाढीले बा ९४ प ३०९९ नम्बरको मोटरसाइकल बगाएको थियो । मंगलबार साँझ नेलेमा रहेको मोबाइल पसलबाट घर फर्किँदै गर्दा सिखुखोलामा आएको बाढीका कारण ३६ वर्षीय तामाङको मृत...
धनकुटाको पाख्रीबासका युवाको लडेर मृत्यु 

धनकुटाको पाख्रीबासका युवाको लडेर मृत्यु 

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका-६ का एक युवकको लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा  ३२  वर्षीय दीपक रोक्का छन् । पाख्रीबास नगरपालिका-८ स्थित घामेमा रहेको खेतमा काम गर्न असार २२ गते उनी घरबाट हिँडेका थिए । केही दिनदेखि सम्पर्क विहीन भएका उनलाई आफन्तले खोजी गर्दा आज बिहान ९ बजे पाखाबाट करिब १० मिटर तल लडेको अवस्थामा भेटेका थिए । उनको टाउकोमा गम्भीर चोट लागेको र उपचारका लागि अस्पताल लैजाने...
error: Content is protected !!