मोरङको रंगेलीमा एमाले उम्मेदवार मनोज अग्रवालको चुनावी र्याली
विराटनगर । मोरङ निर्वाचन क्षेत्र नम्बर ५ का नेकपा एमाले उम्मेदवार मनोजकुमार अग्रवालको चुनावलक्षित मोटरसाइकल र्यालीमा जनलहर देखिएको छ । आक्रमक चुनावी अभियान सञ्चालन गरिरहेका अग्रवालले आज रंगेलीमा आयोजना गरेको र्यालीमा उल्लेखनीय संख्यामा सहभागिता रहेको थियो ।
रंगेलीका विभिन्न स्थानहरूमा निकालिएको वृहत् र्यालीमा क्षेत्रका नागरिक र कार्यकर्ताहरू सम्मेलित जनसागर उर्लिएको थियो । रंगेली बजारस्थित क...































