
विराटनगर । ग्लोबल आइएमई बैंक विराटनगर शाखामा कार्यरत सिनियर अफिसर पिताम्बर खड्का मृत फेला परेका छन् । ४२ वर्षीय खड्का झापाको दमक नगरपालिका-८ लक्ष्मीमार्ग टोलस्थित घरमा सोमबार साँझ ५ बजेतिर झुन्डिएको अवस्थामा मृत भेटिएका हुन् ।
मृत्यु हुनुभन्दा केही समयअघि खड्काले सामाजिक सञ्जाल फेसबुकमा सोही बैंकका केही सिनियर बैंकरहरूको तस्बिर पोस्ट गर्दै आफूलाई उनीहरूले मारेको आरोप लगाएका छन् । उनले फेसबुकमा ‘यु बास्टर्ड किल मी’ र ‘तिमीहरूले मलाई मारेका छौ’ भनी लेखेका छन् । उनले केही सिनियर कर्मचारीहरूको नाम समेत किटान गरेका छन् ।
मृतक खड्का यसअघि झापाको चारआलीस्थित ग्लोबल आइएमई बैंकमा कार्यरत थिए र केही समयअघि मात्रै उनको विराटनगर शाखामा सरुवा भएको थियो । प्रहरीले शवलाई पोस्टमार्टमका लागि दमक अस्पताल पठाएको छ । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


संगालोखबर 

















