संगालोखबर

विराटनगर । बजारमा पेट्रोलियम पदार्थको अभाव भएको गुनासो आएपछि कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री इन्द्रमणि पराजुलीले यो विषयमा चासो देखाएका छन् । उनको निर्देशनपछि मन्त्रालयले आज कोशी प्रदेशका १४ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेर पेट्रोलियम पदार्थको सहज व्यवस्थापनका लागि सहजिकरण गर्न निर्देशन दिएको छ ।

Advertisement

कोशी प्रदेशका धेरै पेट्रोलपम्पहरूले तेल नभएको भन्दै आज सवारी साधनहरूलाई त्यसै फर्काएका छन् । तेल नपाउँदा आम सर्वसाधारणहरूलाई समस्या परेर जनजीवन कष्टकर भएको गुनासो आएपछि सो विषयमा सहजिकरण गर्न जिल्ला प्रशासन कार्यालयहरूलाई पत्राचार गरिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।

‘बजारमा पेट्रोलियम पदार्थको अभाव भई दैनिक जनजीवन कष्टकर हुन पुगेको भनी नागरिकस्तरबाट जनगुनासो आएकाले सोको सहज व्यवस्थापनका लागि आवश्यक सहजीकरण गरिदिन निर्देशानुसार अनुरोध छ,’ मन्त्रालयका अधिकृत सदानन्द भट्टराईले जिल्ला प्रशासन कार्यालयहरूलाई पठाएको पत्रमा भनिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!