मुख्यमन्त्री कार्कीले लिए शपथ, उप्रेती र राना मन्त्री नियुक्त
विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीका रुपमा नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई शपथ ग्रहण गराएका हुन् ।
आफूले शपथ ग्रहण गरेलगत्तै मुख्यमन्त्री कार्कीले दुईजना मन्त्री नियुक्त गरेका छन् । माओवादीका गणेश उप्रेती र एमालेका रामबहादुर मगरलाई उनले मन्त्री नियुक्त गरेका हुन् । उनीहरुका लागि हाल मन्त्रालय तोकिएको छैन । दुवै मन्त...




























