पूर्वशिक्षकको हत्या गर्ने युवक पक्राउ

पूर्वशिक्षकको हत्या गर्ने युवक पक्राउ

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–६ विद्यानगरका सेवानिवृत्त शिक्षक ६३ वर्षीय लच्छी चन्दको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले आज एकजनालाई पक्राउ गरेको छ । हत्यामा संलग्न रहेको आरोपमा ३५ वर्षीय महेश भण्डारीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक गौरीप्रसाद जैशीले बताए । बुधबार साँझ ८ बजे घरतर्फ जाँदै गरेका बेला चन्दलाई ढुङ्गा प्रहार गरी भण्डारीले गम्भीर घाइते बनाएक...
लायन्स क्लवद्वारा अनाथ आश्रमलाई दुई करोड ९१ लाख सहयोग

लायन्स क्लवद्वारा अनाथ आश्रमलाई दुई करोड ९१ लाख सहयोग

विराटनगर । लायन्स क्लव इन्टरनेशनल डिस्ट्रिक्ट '३२५ सी' ले मानवसेवा आश्रम र मायाघर आश्रमलाई सहयोग गरेको छ । कोशी प्रदेशमा सामाजिक सेवामा सक्रिय रहेका दुईवटा संस्थामा पूर्वाधार संरचना निर्माणमा लायन्सले सहयोग रकम जुटाएको हो । सहयोग रकमबाट विराटनगरको मानव सेवा आश्रममा सुविधासम्पन्न भान्सा घर र मायाघर आश्रम इटहरीमा आवास भवन निर्माण हुने लायन्स क्लव डिस्ट्रिक्ट ३२५ सीका डिस्ट्रिक्ट गर्भनर लायन विजयह...
कोशी प्रदेश सरकारमा आज मन्त्रीहरू थपिँदै

कोशी प्रदेश सरकारमा आज मन्त्रीहरू थपिँदै

विराटनगर । कोशी प्रदेश सरकारमा आज मन्त्रीहरु थपिने भएका छन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद विस्तार गर्दै मन्त्रीहरु थप गर्ने तयारी गरेका हुन् । वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त मुख्यमन्त्री कार्कीले त्यसै दिन एमालेका रामबहादुर राना मगर र माओवादीका गणेश उप्रेतीलाई बिना विभागीय मन्त्री नियुक्त गरेका थिए । मन्त्रिमण्डल विस्तारका सम्बन्धमा मुख्यमन्त्री कार्कीले माओवादी प्रदेशका...
भीरबाट लडेर ओखलढुंगामा एकजनाको मृत्यु

भीरबाट लडेर ओखलढुंगामा एकजनाको मृत्यु

विराटनगर । ओखलढुंगामा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ । चिशंखुगढी गाउँपालिका–८ माम्खाका ५६ वर्षीय पदमबहादुर बस्नेतको भीरबाट लडेर ज्यान गएको प्रहरीले जनाएको छ । चिशंखुगढी–८ मा पर्ने रमिते भीर नजिक खानेपानीको पाइप मर्मत गर्ने क्रममा लडेर बस्नेतको हिजो साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकृत प्रहरी निरीक्षक बालिस्टर सिंहले संगालोखबरलाई जानकारी दिए । भीरबाट करिब पाँच सय म...
ठूलो परिमाण गाँजासहित धनकुटाका युवक विराटनगरमा पक्राउ

ठूलो परिमाण गाँजासहित धनकुटाका युवक विराटनगरमा पक्राउ

विराटनगर । ठूलो परिमाण गाँजासहित धनकुटाका एक युवक विराटनगरमा पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–१७ मा २५० किलो गाँजासहित उनी पक्राउ परेका हुन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार गएराति करिब ११ बजेतिर धनकुटाको शहीदभूमि गाउँपालिका–३ का १८ वर्षीय दिवश राईलाई पक्राउ गरिएको हो । केरा लोड गरिएको प्रदेश १–०२–०२ च ६३३१ नम्बरको भ्यानमा राखिएको उक्त परिमाणको गाँजासहि...
पाहुना आएका दाजुभाइको डुबेर मृत्यु

पाहुना आएका दाजुभाइको डुबेर मृत्यु

तुलसीपुर । भारतबाट पाहुना आएका दाजुभाइको पौडी खेल्ने क्रममा दाङस्थित बबई नदीमा डुबेर मृत्यु भएको छ । नदीमा पौडी खेल्ने क्रममा बबई गाउँपालिका–७ ओदाले घाटमा डुबेर दाजुभाइको मृत्यु भएको दाङ प्रहरीले जनाएको छ । भारतबाट आफ्नी फूपूको घरमा आएका १८ वर्षीय दीपक परियार र १६ वर्षीय दिपेश परियारको डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मृतकका परिवार कामको सिलसिलामा भारत बस्ने गरेका थिए । डुबेर सिकिस...
कोशी प्रदेशका केही स्थानमा आज वर्षाको सम्भावना

कोशी प्रदेशका केही स्थानमा आज वर्षाको सम्भावना

विराटनगर । कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका केही क्षेत्रमा आज पानी पर्ने सम्भावना छ । केही क्षेत्रमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभावका कारण कोशी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी पहाडी भूभागमा आंशिक बदली तथा तराईका भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्...
‘कोशी प्रदेशको विकासका लागि ठोस नीति तथा कार्यक्रम ल्याऊ’

‘कोशी प्रदेशको विकासका लागि ठोस नीति तथा कार्यक्रम ल्याऊ’

विराटनगर । कोशी प्रदेशको बजेटको तयारी तथा सुझाव संकलन सम्बन्धमा आज बसेको प्रदेश सभाको अर्थ समितिको बैठकमा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका तर्फबाट राय सुझाव प्रस्तुत गरिएको छ । महासंघले कोशी प्रदेशका लागि आर्थिक विकासको खम्बा कृषि तथा पशुपालन, उद्योग तथा व्यापार, पर्यटन, जलविद्युत, शिक्षा र स्वास्थ्य क्षेत्रहरु नै मुख्य रहेको ध्यानाकर्षण गराएको छ । आर्थिक क्षेत्रमा कोशी प्रदेश अरु प्र...
उपचार गरेर फर्कँदै थिइन्, एम्बुलेन्स दुर्घटनामा ज्यान गुमाइन्

उपचार गरेर फर्कँदै थिइन्, एम्बुलेन्स दुर्घटनामा ज्यान गुमाइन्

धनगढी । भारतमा स्वास्थ्य उपचार गरेर फर्कँदै गर्दा कैलालीमा भएको दुर्घटनामा एक युवतीले ज्यान गुमाएकी छन् । उनी चढेको एम्बुलेन्स आज बिहान दुर्घटना भएको थियो । गम्भीर घाइते बन्न पुगेकी बर्दियाको राजापुर नगरपालिका–९ की १८ वर्षीया अञ्जली परियारको मृत्यु भएको हो । बर्दिया प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्ग अन्तर्गत लम्कीचुहा नगरपालिकाको बलचौरमा बिहान भारतीय युके–०४–पीए १९०५ नम्बरको एम्बुलेन्स अनियन...
बम पड्काएर तर्साउँदै लहानमा डाँकाद्वारा लुटपाट

बम पड्काएर तर्साउँदै लहानमा डाँकाद्वारा लुटपाट

विराटनगर । सिरहाको लहान नगरपालिका–१७ हरिपुर टोलमा गएराति ६ घरबाट धनमाल लुटिएको छ । मध्य रातितिर डाँकाहरुको समूहले बम पड्काएर स्थानीय बासिन्दालाई आतंकित बनाउँदै धनमाल लुटेको प्रहरीले जनाएको छ । उनीहरुले पड्काएको बमका कारण केही स्थानीय बासिन्दा घाइते भएका छन् । केही घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको साथै गम्भीर घाइते भएका दुईजनालाई विराटनगर ल्याइएको प्रहरीले जनाएको छ । धनमाल लुटिए...
राप्रपा कोशी प्रदेश प्रमुख सचेतकमा सविना बजगाईं

राप्रपा कोशी प्रदेश प्रमुख सचेतकमा सविना बजगाईं

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कोशी प्रदेशको प्रमुख सचेतकमा सविना बजगाईं चयन भएकी छन् । सोमबार बसेको राप्रपा संसदीय दलको बैठकले बजगाईंलाईं प्रमुख सचेतकमा चयन गरेको हो । यसअघि राप्रपा कोशी प्रदेशको प्रमुख सचेतकमा प्रदेशसभाका हालका सभामुख अम्बरबहादुर विष्ट थिए । गत पुस २४ गते विष्ट सभामुखमा चयन भएपछि उक्त पद खाली थियो । यस्तै, राप्रपा संसदीय दलको उप–नेतामा प्रेमराज थाम्सुहाङ चय...
एक साताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउँछः मुख्यमन्त्री कार्की

एक साताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउँछः मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एक साताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन् । आज विश्वासको मत पाएसँगै सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले सात दिनभित्र मन्त्रिपरिषद् विस्तार गरिसक्ने बताएका हुन् । एक–दुई दिन भित्रमा आन्तरिक कुरा मिलाएर ढिलोमा साताभित्र सरकारलाई पूर्णता दिने उनले बताए । ‘मन्त्रालयको संख्या अहिले थपिँदैन’, उनले भने, ‘एमाले र माओवादीबीच मन्त्राल...
मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । उनले पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको छ । ६२ जना सांसद उपस्थित रहेको प्रदेशसभाबाट मुख्यमन्त्री कार्कीले ५७ सांसदबाट विश्वासको मत पाएका हुन् । एमालेका ४०, माओवादी केन्द्रका १३, नेकपा (एकीकृत समाजवादी) का ३ र जसपाका १ सांसदले सांसदले पक्षमा मत दिएका हुन् । बैठकमा उपस...
मुख्यमन्त्री कार्कीद्वारा विश्वासको मत दिन आग्रह

मुख्यमन्त्री कार्कीद्वारा विश्वासको मत दिन आग्रह

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सांसदहरुसमक्ष विश्वासको मत दिन मागेका छन् । उनले प्रदेशसभामा सहभागी सबै दलका सांसदलाई विश्वासको मत दिन आग्रह गरेका हुन् । निर्धारित समयभन्दा करिब अढाइ घण्टा ढिला गरी सुरु भएको बैठकमा बोल्दै मुख्यमन्त्री कार्कीले आफूले सांसदहरुको भरोसा टुट्न नदिने साथै प्रदेशबासीको शीर झुक्न नदिने भन्दै विश्वासको मत दिन आग्रह गरे । सर्वोच्च अद...
कोशी प्रदेशसभा बैठक सुरू

कोशी प्रदेशसभा बैठक सुरू

विराटनगर । कोशी प्रदेशसभा अधिवेशनको बैठक सुरु भएको छ । बिहान ११ बस्ने भनिएको बैठक करिब अढाइ घण्टा ढिला गरी सुरु भएको हो । आजको बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने तयारी छ । बैठकमा मुख्यमन्त्री कार्कीले आफूलाई विश्वासको मत दिन सांसदहरुसमक्ष आग्रह गर्दै धारणा राख्ने कार्यक्रम छ । एमाले र माओवादीका गरी ५२ जना प्रदेशसभा सदस्यको समर्थनमा उनी गत बिहीबार मुख्यमन्त्री नियुक्त भएक...
कोशी प्रदेशसभा बैठक बस्न ढिलाइ

कोशी प्रदेशसभा बैठक बस्न ढिलाइ

विराटनगर । बिहान ११ बजेका लागि बोलाइएको कोशी प्रदेशसभाको बैठक बस्न ढिलाइ भएको छ । बजेट अधिवेशनको पहिलो बैठकबाट मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने तयारी छ । प्रदेशसभा सचिवालयले आज बिहान ११ बजे बैठक बस्ने जानकारी दिएको थियो । बैठकमा मुख्यमन्त्री कार्कीले दर्ता गराएको विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची तय भएको जनाइएको थियो । यसैगरी, बैठकमा प्रदे...
सहकारीको ८० लाख रुपैयाँ लुटेको आरोपमा दुईजना पक्राउ

सहकारीको ८० लाख रुपैयाँ लुटेको आरोपमा दुईजना पक्राउ

धनुषा । सहकारी संस्थाको ८० लाख रुपैयाँ लुटेको आरोपमा जनकपुरमा दुईजना पक्राउ परेका छन्। प्रहरीले धनुषाका जनक महतो र श्रवण कापरलाई पक्राउ गरेको जनाएको छ । धनुषाका प्रहरी नायव उपरीक्षक रञ्जन अवाका अनुसार लुटेकोमध्ये उनीहरूबाट १४ लाख ५३ हजार रुपैयाँ बरामद गरिएको छ । गत वैशाख २४ गते जनकपुरधाम उपमहानगरपालिका– १९ थुमौनास्थित पोखरीबाट धनुषाको सबैला–१२ रघुनाथपुरस्थित शुभश्री बचत तथा ऋण सहकारीको ८० लाख ...
कोशी प्रदेशको अधिवेशन आज, मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने

कोशी प्रदेशको अधिवेशन आज, मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने

विराटनगर । कोशी प्रदेशको अधिवेशन आज बस्दैछ । आज मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिँदैछन् । यसका लागि प्रदेश सभा सचिवालयले कार्यसूची प्रकाशित गरेको छ । बिहान ११ बजे पाँचौं अधिवेशनको पहिलो बैठक बस्ने तय भएको हो । बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङबाट अधिवेशन आह्वान भएको पत्र पढेर सुनाउने कार्यसूची छ । प्रदेशसभा सचिवालयका अनुसार मुख्यमन्त्री कार्कीले विश्वासको मतका लागि प्रस्ताव पे...
कुन-कुन पार्टीबाट पाउलान् मुख्यमन्त्री कार्कीले विश्वासको मत ?

कुन-कुन पार्टीबाट पाउलान् मुख्यमन्त्री कार्कीले विश्वासको मत ?

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भोलि प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । यसका लागि उनले त्यसम्बन्धी प्रस्ताव संसद सचिवालयमा दर्ता गरिसकेका छन् । उनलाई कुन कुन पार्टीका सांसदले विश्वासको मत देलान् भन्ने यकिन भइसकेको छैन । केही पार्टीहरुले भने यसबारे धारणा सार्वजनिक गरिरहेका छन् । एकीकृत समाजवादी पार्टीले विश्वासको मत नदिने भएको छ । प्रदेशसभामा प्...
सल्यानमा श्रीमतीको हत्यापछि आत्महत्या

सल्यानमा श्रीमतीको हत्यापछि आत्महत्या

सल्यान । सल्यानमा एक पुरुषले श्रीमतीको हत्या गरी आफूले आत्महत्या गरेका छन् । बनगाड कुपिण्डे नगरपालिका ४ का ३५ वर्षीय मनोज बुढाले ३२ वर्षकी श्रीमती कमला बुढालाई धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । श्रीमतीको हत्या गरेपछि घर नजिकै झुण्डिएर आत्महत्या गरेको अवस्थामा पाइएको सल्यान प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुर...
अज्ञात समूहद्वारा चितवनमा स्कुल बस आगजनी

अज्ञात समूहद्वारा चितवनमा स्कुल बस आगजनी

चितवन । विद्यार्थी लिन गइरहेको अवस्थामा चितवन, भरतपुरको मंगलपुरमा स्मलहेभन स्कुलको बसमा आज बिहान आगजनी भएको छ । पश्चिम क्षेत्रका विद्यार्थी लिन जाँदै गरेको बसलाई ६ जना व्यक्तिले रोकेर चालक र सहचालकलाई बााहिर निकालेर आगजनी गरेको प्रहरीले जनाएको छ । घटनाका बेला बसमा विद्यार्थी भने थिएनन् । चनौली बजारदेखि दक्षिण अमृतचोकका विद्यार्थी लिन गइरहेको बा प्र ०६–००१ क ००४५ नम्बरको बसमा उक्त समूहले आगजनी ...
आगोमा जलेका धनकुटाका युवाको अवस्था गम्भीर, काठमाडौंमा उपचार हुँदै

आगोमा जलेका धनकुटाका युवाको अवस्था गम्भीर, काठमाडौंमा उपचार हुँदै

काठमाडौं । आगोमा जलेर गम्भीर घाइते भएका धनकुटाको सहिदभूमि गाउँपालिका–३ छिन्ताङ डाँडागाउँका बालेन्द्र राईको काठमाडौंमा उपचार भइरहेको छ । आफ्नै घरको भान्साको चुलो छेउमा बसिरहेका बेला एक्कासि बेहोस भएर ढलेपछि राईको अनुहारको अधिकांश भाग जलेको छ । धनकुटामा उपचार हुन नसकेपछि धरान, विराटनगरका अस्पताल हुँदै काठमाडौं पुर्याइएका उनको अहिले किर्तिपुर अस्पतालमा उपचार भइरहेको परिवार स्रोतले जनाएको छ । उनी ब...
झापाको भद्रपुर विमानस्थलबाट चाँदीसहित महिला पक्राउ

झापाको भद्रपुर विमानस्थलबाट चाँदीसहित महिला पक्राउ

झापा । झापाको भद्रपुर विमानस्थलबाट चाँदीसहित एक महिला पक्राउ परेकी छन् । भारतको उत्तराखण्ड देराजुङकी ३० वर्षीया तेन्जिङ छिरिङलाई प्रहरीले विमानस्थलबाट नियन्त्रणमा लिएको हो । बुद्ध एयरको उडानबाट काठमाडौं जान लागेकी उनले झोलामा लुकाएर राखेको अवस्थामा दुई किलो ५ ग्राम चाँदी बरामद भएको प्रहरीले जनाएको छ । चाँदीको दुई वटा डल्लो फेला परेको हो । उनको साथबाट भारतीय रुपैयाँ २८ हजार ५ सय पनि बरामद भएको छ...
कोशी प्रदेश सरकारविरुद्धको रिटमा जेठ ९ गते अर्को सुनुवाइ

कोशी प्रदेश सरकारविरुद्धको रिटमा जेठ ९ गते अर्को सुनुवाइ

विराटनगर । कोशी प्रदेश सरकार गठन प्रक्रियाविरुद्ध परेको रिट निवेदनमाथि सर्वाेच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश हरिप्रसाद फुयालको इजलासले जेठ ९ गते अर्को सुनुवाइको मिति तोकेको छ । फुयालको इजलासले ५ बुँदे आदेश जारी गरेको छ । इजलासले दुवै पक्षलाई छलफलमा बोलाउन भनेको छ । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले आफूलाई हटाउने निर्णय असंवैधानिक भएको भन्दै हिजो बिहीब...
आयोजकलाई निराश पार्दै झापा भीमनारायण गोल्डकपको फाइनलमा

आयोजकलाई निराश पार्दै झापा भीमनारायण गोल्डकपको फाइनलमा

धनकुटा । झापाको बिर्तामोड युनाइटेड फुटबल क्लब यहाँ जारी शहीद भीमनारायण गोल्डकप फुटबलको उपाधिनजिक पुग्न सफल भएको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा आयोजक धनकुटालाई ३–० गोलले निराश पार्दै झापा फाइनलमा पुगेको हो । आज विजयी हुँदै बिर्तामोड युनाइटेडले विभागीय टिम सशस्त्र प्रहरीको एपीएफसँग फाइनलमा भेट पक्का गरेको छ । बिर्तामोड युनाइटेडले पहिलो हाफमा एक गोलको अग्रता बनाएको थियो । बिर्तामोडका जर्सी नम्...
सुरू भयो विराटनगरमा ‘विराट वाङ्मय उत्सव’

सुरू भयो विराटनगरमा ‘विराट वाङ्मय उत्सव’

विराटनगर । आरोहण गुरुकुलको आयोजनामा विराटनगरमा दुई दिने विराट वाङ्मय उत्सव सुरु भएको छ । विराटनगर महानगरपालिकाको प्रवर्द्धनमा उत्सव सुरु भएको हो । उत्सवको आज विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । विराटनगरसहित कोशी प्रदेशको भाषा, साहित्य, संस्कृति र कलालाई जोड्ने उद्देश्यका साथ उत्सव सुरु भएको आयोजक संस्थाका अध्यक्ष भैरव क्षेत्रीले जानकारी दिए । उद्घाटन समारोहलाई सम्बोधन गर्...
कोशी प्रदेशसभाको अधिवेशन वैशाख ३१ गते

कोशी प्रदेशसभाको अधिवेशन वैशाख ३१ गते

विराटनगर । कोशीका प्रदेश प्रमुख परशुराम खापुङले वैशाख ३१ गतेका लागि प्रदेशसभाको अधिवेशन आह्वान गरेका छन् । नवगठित कोशी प्रदेश सरकारको सिफारिसमा उनले आज अधिवेशन आह्वान गरेका हुन् । हिजो बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका हिक्मतकुमार कार्की नेतृत्वको सरकारले वैशाख ३१ गते प्रदेशसभाको अधिवेशन आह्वान गर्न सिफारिस गरेको थियो । मुख्यमन्त्री कार्की तथा नवनियुक्त मन्त्रीहरु राम राना र गणेश उप्रेतीले प...
कोशी सरकार गठनविरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतमा आज सुनुवाइ

कोशी सरकार गठनविरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतमा आज सुनुवाइ

विराटनगर । नयाँ सरकार गठनलाई असंवैधानिक भन्दै कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमाथि आज सुनुवाइ हुने भएको छ । कार्कीका तर्फबाट अधिवक्ता सुप्रेक्षा जोशीले हिजो सर्वोच्नामा रिट दर्ता गराएकी थिइन् । नयाँ सरकार गठनविरुद्ध दायर भएको उक्त रिटमा प्रदेश प्रमुखको कार्यालय, प्रदेश प्रमुख परशुराम खापुङ, सभामुख अम्बरबहादुर विष्ट, नेकपा एमालेका प्रदेश ...
कोशीका केही क्षेत्रमा आज वर्षा हुने, हावाहुरीको पनि सम्भावना

कोशीका केही क्षेत्रमा आज वर्षा हुने, हावाहुरीको पनि सम्भावना

विराटनगर । नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको प्रभावका कारण मौसममा परिवर्तन भइरहेको छ । त्यसको प्रभावले आज देशभर आंशिकदेखि साधरणतया बदली रहने छ । कोशी, बाग्मती र गण्डकी प्रदेशका कतिपय स्थानमा आज चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षा हुने सम्भावना छ । केही क्षेत्रमा बिहानैदेखि वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो कोशी र...
कोशी प्रदेशसभाको बजेट अधिवेशन बैशाख ३१ गते बोलाउने तयारी

कोशी प्रदेशसभाको बजेट अधिवेशन बैशाख ३१ गते बोलाउने तयारी

विराटनगर । कोशी प्रदेश सरकारले बैशाख ३१ गते प्रदेशसभाको बजेट अधिवेशन गर्नका लागि प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको छ । मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की र मन्त्रीहरुले पदभार ग्रहण गरेलगत्तै बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । बैठकको निर्णयअनुसार बैशाख ३१ गते प्रदेशसभाको बजेट अधिवेशन बोलाउन प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष अनुरोध गरिने जनाइएको छ । बैठकले कोशी प्रदेश सरका...
हिक्मतकुमार कार्की: विद्यार्थी राजनीतिदेखि तेस्रो पटक मुख्यमन्त्रीसम्म

हिक्मतकुमार कार्की: विद्यार्थी राजनीतिदेखि तेस्रो पटक मुख्यमन्त्रीसम्म

विराटनगर । झापा क्षेत्र नम्बर ५ (क) बाट प्रदेशसभा सदस्य निर्वाचित हिक्मतकुमार कार्की कोशी प्रदेशको तेस्रो पटक मुख्यमन्त्री बन्न सफल भएका छन् । आजै प्रदेश प्रमुख पर्शुराम खापुङबाट नियुक्त उनले पद तथा गोपनीयताको शपथ ग्रहण पनि गरिसकेका छन् । यसअघि पनि दुई पटक मुख्यमन्त्री बनेका कार्कीले सत्ता राजनीतिमा देखिएको फेरबदल र दलीय गठबन्धन परिवर्तनका कारण पूरा अवधि काम गर्न भने पाएनन् । आज मुख्यमन्त्रीको...
error: Content is protected !!