विराटनगर । मोरङको केराबारी गाउँपालिका-८ बाट १५ वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । हिजो साँझ इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरी टोलीले खदम खोलाबाट ढुङ्गा उत्खनन गरिरहेको अवस्थामा ट्याक्टर नियन्त्रणमा लिएको हो ।
को २ त ८३४६, को २ त ९९२७, को २ त ७५५४, को १ त ५३८०, को २ त २०३२, को २ त ७९१२ र को २ त ७८९७ नम्बरको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको हो ।
यसैगरी को २ त ६९४०, को २ त ८३१९, को १ त ४५८३, को १ त ८७२२, प्र १-०२-००३ त २७१२, प्र १-०२-००३ त १८८१, प्र १-०२-००३ त २८३९ र प्र १-०२-००३ त ०७८७ नम्वरका ट्याक्टर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
ट्याक्टरहरूलाई आवश्यक कारवाहीको लागि केराबारी गाउँपालिकाको कार्यालयमा बुझाइएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।