धनकुटाको चौबिसेमा खुकुरी प्रहारबाट एक जना घाइते
धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका-८ आमडाँडामा खुकुरी प्रहारबाट एक जना घाइते भएका छन् । स्थानीय दलबहादुर मगरको घरमा विवाहको निम्तो मान्न आएका सोही स्थानका २१ वर्षीय छवि मगरमाथि खुकुरी प्रहार भएको हो ।
प्रहरीका अनुसार सोही स्थानका २१ वर्षीय विपिन थापाले अत्यधिक मदिरा सेवन गरेर खुकुरी प्रहार गरेका थिए । मगरको दाँया हातको माझी औंलाको पछाडि र बायाँ हातको बूढी औँलाको कापमा काटेको प्रहरीले जनाएको छ ...


























