बाढीपहिरोबाट कोशीमा चार अर्ब ६३ करोड बढीको क्षति
विराटनगर । अविरल वर्षाका कारण आएको बाढीपहिरोले कोशी प्रदेशमा चार अर्ब ६१ करोड ५० लाख बराबरको क्षति पुर्याएको छ । आज भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राईले पत्रकार सम्मेलन गर्दै सडक तथा पुलमा बाढीपहिरोले उक्त रकम बराबरको क्षति पुर्याएको बताए ।
मन्त्री राईका अनुसार पाँचथरमा तीन वटा सडक पूर्ण रूपमा क्षति भएका छन् । दुई वटा सडक, सडक पुल चार वटा र तीन वटा झोलुङ्गे पुलमा आंशिक क्षति पुगेको ...





























