मदिराले लठ्ठ दुई युवाद्वारा मध्यरातमा किरियापुत्रीमाथि आक्रमण
विराटनगर । विराटनगरमा शोकमा डुबेको परिवारमाथि मध्यरातमा आक्रमण भएको छ । घटना सोमबार मध्यरातिको हो । विराटनगर-११ पिचराका हरिनारायण कामत पत्नीको तथा किरण, सन्तोष र काली आमाको मृत्युवियोगमा थिए । सात दिनदेखि शोकमग्न हरिनारायणको परिवारमा उक्त राति नसोचेको घटना हुन्छ ।
मध्यराति मदिराले लठ्ठ भएका दुई युवा हरिनारायणको घरमा पस्छन् र उनीहरूमाथि आक्रमण सुरु गर्छन् । आमाको किरियामा बसेका माइला छोरा किरणसह...































