कोशी ब्यारेज बस दुर्घटना अपडेटः नदीबाट २० जनालाई उद्धार गरेर अस्पताल पठाइयो
विराटनगर । कोशी ब्यारेजबाट नदीमा खसेको बसबाट २० जना यात्रुलाई उद्धार गरेर बाहिर निकालिएको छ । प्रहरी टोलीले उनीहरूलाई सकुशल उद्धार गरेर बाहिर निकालेको हो ।
घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ । विराटनगरबाट उदयपुरको गाईघाटतर्फ जाँदै गरेको को १ ख ४६०१ नम्बरको बस साँझ करिब ६ बजे नदीमा खसेको हो । बस अनियन्त्रित भएर ब्यारेजको बार भत्काउँदै ३४ र ३६ नम्बर ढोकाको बीचबाट नदीमा खसे...





























