धनकुटा बजार क्षेत्रका विद्यालय र पसलको अनुगमन गर्दा भेटियो कैफियत

धनकुटा बजार क्षेत्रका विद्यालय र पसलको अनुगमन गर्दा भेटियो कैफियत

धनकुटा । धनकुटा बजार क्षेत्रका विद्यालय र पसलको अनुगमनका क्रममा कैफियत भेटिएको छ । आज सात नम्बर वडाका विद्यालय र पसलको अनुगमनका क्रममा यस्तो भेटिएको हो । वडा कार्यालय र नगर प्रहरीको टोलीले गरेको अनुगमनका क्रममा विद्यालयको चमेना गृहमा सरसफाइको कमी पाइएको छ । यस्तै शौचालयमा सरसफाइ नभएको र आवश्यक सामग्री समेत नराखेको पाइएको हो । विद्यालयमा सेनेटरी प्याड व्यवस्थापन तथा विसर्जनका लागि समस्या पाइएको...
कोशीमा धान उत्पादन बढ्यो

कोशीमा धान उत्पादन बढ्यो

विराटनगर । कोशी प्रदेशमा बर्खे धान उत्पादनमा वृद्धि भएको छ । गत वर्षको तुलनामा कोशीमा ३६ हजार पाँच सय १८ दशमलव १५ मेट्रिक टन बढी धान उत्पादन भएको हो । दुई लाख ७५ हजार दुई सय ६७ हेक्टर क्षेत्रफलमा धान रोपाईं हुँदा यस वर्ष ११ लाख ८२ हजार दुई सय २१ मेट्रिक टन धान उत्पादन भएको छ । गत वर्ष दुई लाख ६९ हजार नौ ४६ हेक्टर जमिनमा धान रोपाइँ हुँदा ११ लाख ४५ हजार सात सय तीन मेट्रिक टन धान उत्पादन भएको थियो...
पाथीभरा मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल

पाथीभरा मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल

ताप्लेजुङ । पूर्वको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न आवश्यक पहल अघि बढाउने भइएको छ । पाथीभरा क्षेत्र विकास समितिको हिजो बसेको बैठकले पाथीभरालाई विश्व सम्पदामा सूचीमा सूचिकृत गर्ने पहल अघि बढाउने निर्णय गरेको हो । पाथीभरा क्षेत्र विकासका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले पाथीभरा मन्दिर विश्व सम्पदा सूचीमा सूचिकृत हुन सक्ने सम्भाव्यता बोकेको क्षेत्र र पर्याप...
मोरङको सुनवर्षीमा गुडिरहेको ट्रक रोकिँदा मोटरसाइकल चालकको मृत्यु

मोरङको सुनवर्षीमा गुडिरहेको ट्रक रोकिँदा मोटरसाइकल चालकको मृत्यु

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका-९ भेरुवाथान स्थित रंगेली-विराटनगर सडक खण्डमा ट्रक मुनी मोटरसाइकल छिर्दा एक जनाको मृत्यु भएको छ । हिजो राति करिब साढे आठ बजेको समयमा डाइनिया तर्फ जाँदै गरेको ना ३ ख ९९०४ नम्बरको ट्रक स्टार्ट बन्द भएर रोकिएको थियो । सोही क्रममा सोही दिशातर्फ जाँदै गरेको मे ४ प १८२३ नम्बरको मोटरसाइकल ठोक्किएर  ट्रक मुनी पुगेको थियो । दुर्घटनामा मोटरसाइकल चालक सुनवर्षी-९ बालुबा...
तमोर करिडोरमा पेट्रोल पम्प सञ्चालन

तमोर करिडोरमा पेट्रोल पम्प सञ्चालन

ताप्लेजुङ । तमोर करिडोरमा पेट्रोल पम्प सञ्चालनमा आएको छ । ताप्लेजुङ र पाँचथरबाट इटहरी-विराटनगर जोड्ने सडक खण्डमा बढ्दो सवारीसाधनको चापलाई दृष्टिगत गर्दै पेट्रोल पम्प सञ्चालनमा ल्याइएको हो । पाँचथरको कुम्मायक गाउँपालिका-५ स्थित भुल्केमा चार करोडको लगानीमा पेट्रोल पम्प निर्माण गरिएको छ । तमोर करिडोरबाट ताप्लेजुङ स्थित पाथिभरामा जाने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर पम्प सञ्चालनमा ल्याइएको ...
ताप्लेजुङको फुङलिङमा फुटबल प्रतियोगिता हुँदै

ताप्लेजुङको फुङलिङमा फुटबल प्रतियोगिता हुँदै

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका-६ बतासेमा खुल्ला क्लब स्तरीय पुरुष फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । ताप्लेजुङ स्पोर्टिङ क्लबले गुरुङ समुदायका मार्गदर्शक तथा समाजसेवी स्व. पदम बहादुर गुरुङको स्मृतिमा प्रतियोगिता सञ्चालन गर्न लागेको हो । पुस ११ देखि १५ गतेसम्म प्रतियोगिता सञ्चालन हुने खेल संयोजक पब्लिक गुरुङले जानकारी दिए । प्रतियोगिता निङ्मा छ्योखोर्लिङ बौद्ध गुम्बा स्थित लक्ष्मी...
विराटनगरमा सुरु भयो रोजगार मेला 

विराटनगरमा सुरु भयो रोजगार मेला 

विराटनगर । विराटनगरमा दुई दिने रोजगार मेला सुरु भएको छ । स्विस कन्ट्याक्टको सहयोगमा महानगरपालिकाले आयोजना गरेको मेलाबाट तीन सय जनालाई रोजगारीमा जोड्ने लक्ष्य राखिएको छ । विराटनगर-७ स्थित विरेन्द्र सभागृह छेउमा रहेको इको पार्कमा आज भेलाको शुभारम्भ गरिएको हो । मेलामा साना, घरेलु तथा मझौला उद्योग, रोजगारदाता कम्पनी, सञ्चार संस्थालगायतको ३० वटा स्टल रहेका छन् । मेलाको उद्‌घाटन गर्दै महानगरपालिकाका...
झापाको दमकमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

झापाको दमकमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

झापा । झापाको दमक नगरपालिका-१० सेतुमारी चोक नजिकै मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । तीन जना सवार मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । मोटरसाइकल पछाडि सवार गौरादह नगरपालिका-५ का ३२ वर्षीया जमुना धिमाल र सोही ठाउँका २५ वर्षीया ओमकुमारी राईको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक मोरङ रतुमाई नगरपालिका-८ का २७ वर्षीय विराज थापा घाइते भएका छन...
ताप्लेजुङको मेरिङदेन गाउँपालिकामा दुई दिन स्थानीय बिदा

ताप्लेजुङको मेरिङदेन गाउँपालिकामा दुई दिन स्थानीय बिदा

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले पुसे मेलामा दुई दिन स्थानीय बिदा दिएको छ । ५१ औँ पुसे मेलाको अवसरमा पुस ३ र ४ गते स्थानीय बिदा दिइएको पालिका अध्यक्ष यूक हां विर हाँगाम् (डम्बर)ले जानकारी दिए । उक्त दिन गाउँपालिका भित्रका शैक्षिक संस्था, सरकारी कार्यालय र सङ्घसंस्थाहरू बन्द रहने छन् । आकस्मिक सेवा भने बन्द नहुने गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा मंसिर १९ गते बसेको कार्यपालिका ब...
सुनसरीमा सिटी सफारी दुर्घटना हुँदा चालकको मृत्यु

सुनसरीमा सिटी सफारी दुर्घटना हुँदा चालकको मृत्यु

सुनसरी । सुनसरीको रामधुनी नगरपालिका-९ डुम्राहामा सिटी सफारी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । हिजो साँझ प्रदेश नम्बर १-०२-००४ ह १४८१ नम्बरको सफारी आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । प्रहरीका अनुसार खेतबाट धान ओसार्ने क्रममा सिटी अचानक दुर्घटनामा परेको थियो । दुर्घटनामा घाइते भएका सफारी चालक सोही स्थानका ५० वर्षीय पुरण चौधरीको मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय ...
फिदिममा फाल्गुनन्द गोल्डकपको एघारौँ संस्करण हुँदै

फिदिममा फाल्गुनन्द गोल्डकपको एघारौँ संस्करण हुँदै

पाँचथर । पाँचथरको फिदिममा फाल्गुनन्द गोल्डकपको एघारौँ संस्करण पुस ६ गतेबाट सुरु हुने भएको छ । प्रतियोगितामा ‘ए’ डिभिजनका चारसहित १० टिमको सहभागिता रहने आयोजक फिदिम स्पोर्टिङ क्लबले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । प्रतियोगितामा चर्च ब्वाइज, न्युरोड एनआरटी, मछिन्द्र क्लब र त्रिभुवन आर्मी क्लबले सहभागिता जनाउने छन् । यस्तै चित्लाङ क्लब काठमाडौं, विराट सिटी फुटबल क्लब विराटनगर, सहलेस युवा क...
मोरङको ग्रामथानमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

मोरङको ग्रामथानमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका-२ झोराहाटमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । हिजो राति करिब १२ः१० बजेको समयमा विराटनगरबाट विराटचोकतर्फ जाादै गरेको प्रदेश १-०४-००२ प १९०१ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर नहरको पुलमा ठोक्किएको थियो । दुर्घटनामा मोटरसाइकल चालक कटहरी गाउँपालिका-१ का २२ वर्षीय आशिक मरिक र मोटरसाइकल पछाडि सवार ४५ वर्षीय उमेश मरिकको मृत्यु भएको हो । उनीहरू बाब...
प्रधानमन्त्री ओलीले गरे आफैँ पढेको विद्यालयको भवन उद्‌घाटन

प्रधानमन्त्री ओलीले गरे आफैँ पढेको विद्यालयको भवन उद्‌घाटन

तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका-४ इवामा रहेको प्रणामी माध्यमिक विद्यालयको नवनिर्मित भवनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्‌घाटन गरेका छन् । हिजो एका कार्यक्रमबीच प्रधानमन्त्री ओलीले १८ कोठे पक्की भवनको उद्‌घाटन गरेका हुन् । प्रधानमन्त्री ओलीले यही विद्यालयमा कक्षा चार सम्म अध्ययन गरेका थिए । कार्यक्रम बोल्दै प्रधानमन्त्री ओलीले आफूले पढेको विद्यालयको भवन उद्‌घाटन गर्न पाउँदा हर्षित भएक...
ताप्लेजुङमा ६ दिनदेखि बेपत्ता पुरुषको शव भेटियो

ताप्लेजुङमा ६ दिनदेखि बेपत्ता पुरुषको शव भेटियो

ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका-५ को काबेली खोलाले बगाउँदा बेपत्ता भएका पुरुषको शव फेला परेको छ । मंसिर १९ गते दिउँसो खोलाले बगाउँदा बेपत्ता भएका सोही स्थानका ४० वर्षीय राजेन्द्र बुढाथोकीको शव आज भेटिएको हो । सशस्त्र प्रहरी बल नम्बर १ बराहबाहिनी पकली सुनसरीबाट खटिएको सशस्त्र प्रहरीको टोलीले खोजतलासको क्रममा आज बिहान ११ बजे शव फेला पारेको प्रहरीले जनाएको छ । उनको शव बेपत्ता भएको ...
मरिक फुटबल क्लब सुनसरी सिरिजङ्गा गोल्डकपको सेमिफाइनलमा प्रवेश

मरिक फुटबल क्लब सुनसरी सिरिजङ्गा गोल्डकपको सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ । मरिक फुटबल क्लब सुनसरी तेल्लोकमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण चौथो सिरिजङघा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको क्वाटर फाइनल चरणको तेस्रो खेलमा विदेशी टिम पारिजात सङ्घ फुटबल क्लबलाई ३-२ गोल अन्तरले पराजित गर्दै सुनसरी सेमिफाइनलमा प्रवेश गरेको हो । खेलको म्यान अफ द म्याच सुनसरीका निश्चल लामा घोषित भए । लामाले नगद दुई हजार एक सय प्राप्त गरे । यस्तै आजको विजेता सुनसरीले मंस...
धनकुटामा मानव अधिकार उल्लङ्घनका घटना बढ्दै

धनकुटामा मानव अधिकार उल्लङ्घनका घटना बढ्दै

धनकुटा । धनकुटामा एक वर्षको अवधिमा एक सय मानवअधिकार उल्लङ्घनका घटना भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि तयार गरेको वार्षिक प्रतिवेदनले यस्तो देखाएको हो । आज एक कार्यक्रमको आयोजना गरि इन्सेकले २०८० पुष देखी हालसम्म जिल्लामा भएका मानवअधिकार उल्लङ्घनका घटना बारे जानकारी गराएको हो । तथ्याङ्क अनुसार एक वर्षको अवधिमा तीन जनाको हत्या, दुई जनाको हत...
मोरङको सुन्दरहरैँचामा पिकअपले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

मोरङको सुन्दरहरैँचामा पिकअपले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका-१ पचाम स्थित घिनाघाट-विराटचोक सडकखण्डमा पिकअपले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । हिजो साँझ सात बजेतिर विराटनगरबाट विराटचोक तर्फ जाँदै गरेको प्रदेश १-०४-००१ च ०९९५ नम्बरको पिकअपले विराटनगरतर्फ आउँदै गरेको बा ९८ प ६७०८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । पिकअपको ठक्करबाट मोटरसाइकल चालक विराटनगर-१० का २४ वर्षीय हर्ष ढकाल गम्भीर घाइते भएको थ...
१३ लाख भक्तजनले गरे पाथिभरा दर्शन 

१३ लाख भक्तजनले गरे पाथिभरा दर्शन 

ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल पाथीभरामा सात वर्षको अवधिमा १३ लाख भक्तजन पुगेका छन् । पाथीभरा क्षेत्र विकास समितिले ठूलोफेदी सङ्कलन शाखामा भएको तथ्याङ्क सार्वजनिक गर्दै उक्त अवधिमा १३ लाख बढी भक्तजनले दर्शन गरेको जनाएको हो । आर्थिक बर्ष २०७४/७५ देखि हाल सम्म १३ लाख तीन हजार चार सय ९२ जनाले पाथिभराको दर्शन गरेका हुन् । समितिले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आर्थिक बर्ष २०७४/७५ ...
रोकिएन बूढी खोला छेउमा अवैध उत्खनन, दुहबी नगरपालिका मुकदर्शक

रोकिएन बूढी खोला छेउमा अवैध उत्खनन, दुहबी नगरपालिका मुकदर्शक

सुनसरी । सुनसरीको दुहबी नगरपालिका मुकदर्शक बन्दा मापदण्ड विपरित माटो उत्खनन मौलाएको छ । सम्झौता बिनै अवैध तरिकाले माटो उत्खनन भइरहे पनि नगरपालिकाले कुनै ‘एक्सन’ लिन सकेको छैन । मापदण्ड विपरित उत्खनन भइरहेको बताउने नगरपालिकाले कारबाहीका लागि चासो नदेखाउनुले पनि भित्री रहस्य उब्जाउँछ । गत बिहीबार दुहबी नगरपालिका-७ भलुवास्थित बुढीखोला छेउमा मापदण्ड विपरित निजी जग्गाबाट माटो उत्खनन भइरहेको जानकारी ...
तेह्रथुमको प्रणामी माविको भवन प्रधानमन्त्री ओलीले उद्‌घाटन गर्ने

तेह्रथुमको प्रणामी माविको भवन प्रधानमन्त्री ओलीले उद्‌घाटन गर्ने

तेह्रथुम । तेह्रथुमको प्रणामी माध्यमिक विद्यालयको नयाँ भवन प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा उद्‌घाटन हुने भएको छ । आठराई गाउँपालिका-४ इवामा अवस्थित उक्त विद्यालयको नवनिर्मित १८ कोठे पक्की भवन निर्माण भएको छ । उक्त भवनको मंसिर २६ गते प्रधानमन्त्री ओलीले उद्‌घाटन गर्ने कार्यक्रम तय भएको हो । प्रधानमन्त्री ओलीको औपचारिक शिक्षा यही विद्यालयबाट प्रारम्भ भएको थियो । ओम हङ गिल फाउन्डेशन दक्षिण कोरिय...
ताप्लेजुङमा भलिबल प्रतियोगिता हुँदै

ताप्लेजुङमा भलिबल प्रतियोगिता हुँदै

ताप्लेजुङ । ताप्लेजुङमा तीन लाख पुरस्कार राशीको भलिबल प्रतियोगिता हुने भएको छ । पुसे मेला सञ्चालन समिति र दोभान स्पोर्टिङ क्लबको आयोजनामा प्रतियोगिता हुन लागेको पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो । सञ्चालन समितिका सचिव सुजन सामेखामका अनुसार अन्तरजिल्ला क्लब स्तरीय पुरुष भलिबल प्रतियोगितासँगै ब्याडमिन्टन, र्‍याफ्‌टिङ, कृषि प्रदर्शनी र वृहत सांस्कृतिक कार्यक्रम हुने छ । सिक्किम भलिबल क्लब...
सबै नेपालीलाई गुणस्तरीय खानेपानी उपलब्ध गराउने लक्ष्य लिएका छौँ : प्रधानमन्त्री

सबै नेपालीलाई गुणस्तरीय खानेपानी उपलब्ध गराउने लक्ष्य लिएका छौँ : प्रधानमन्त्री

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०३० सम्ममा सबै नेपालीलाई गुणस्तरीय खानेपानी उपलब्ध गराउने लक्ष्य लिएको बताएका छन् । झापाको दमक नगरपालिका-३ स्थि बेलडाँगीमा खानेपानी आयोजनाको उद्‌घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले देशभर बिजुली, कृषि, सञ्चार, उद्योग र सरसफाइ आदिका अभियान सञ्चालन गर्ने समेत बताए । उनले देशलाई अस्थिर हुन नदिन प्रमुख दलको नेतृत्वमा सरकार बनेकाले विकास ...
विराटनगर-४ बासीलाई नोबेलले उपचारमा विशेष छुट दिने

विराटनगर-४ बासीलाई नोबेलले उपचारमा विशेष छुट दिने

विराटनगर । नोबेल मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले विराटनगर-४ का स्थानीयलाई उपचारमा विशेष छुट दिने भएको छ । हिजो वडाध्यक्ष जीतन थापा र अस्पतालका निर्देशक प्रा.डा. राजेश नेपालबीच उपचारमा सहुलियत दिने विषयमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सामाजिक उत्तरदायित्व अन्तर्गत स्थानीयलाई उपचारमा विशेष छुट दिन लागिएको निर्देशक नेपालले बताए । यसअघि वडा कार्यालयको सिफारिसमा विपन्न बिरामीहरूलाई छुट दिने गर...
मोरङको सुनवर्षीमा करेन्ट लागेर महिलाको मृत्यु

मोरङको सुनवर्षीमा करेन्ट लागेर महिलाको मृत्यु

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका-४ चैतामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । हिजो साँझ घरमा लगाएको जस्ता निकाल्ने क्रममा करेन्ट लाग्दा ३५ वर्षीया रेखा देवी सिंह घाइते भएकी थिइन् । उपचारका लागि रंगेली अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषित गरेका थिए । घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
इलाममा रूखको हाँगाले किच्दा एक जनाको मृत्यु

इलाममा रूखको हाँगाले किच्दा एक जनाको मृत्यु

इलाम । इलाममा रुखको हाँगाले लागेर एक जनाको मृत्यु भएको छ । हिजो बिहान ११ः५० बजेको समयमा रुख काट्ने क्रममा हाँगा खसेर लाग्दा देउमाई नगरपालिका-९ जितपुरका ४९ वर्षीय तुलसी जवेगूको मृत्यु भएको हो । रुखको हाँगाले लागेर घाइते भएको उनलाई उपचारका लागि झापा स्थित बी एण्ड सी अस्पताल लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक सञ्जीव बोगटीले जानकारी दिए । ‘र...
मोरङको सलकपुरमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

मोरङको सलकपुरमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका-९ सलकपुरमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । हिजो साँझ विराटचोकबाट गछियातर्फ आउँदै गरेको प्र १-०२-०५४ प ३५५८ नम्बरको स्कुटरलाई सोही दिशातर्फ आउँदै गरेको ना ७ ख ३२२३ नम्बरको टिपरले ठक्कर दिएको थियो । टिपरको ठक्करबाट स्कुटर चालक पथरी शनिश्चरे नगरपालिका-३ हसन्दहका ४४ वर्षीय  एम बहादुर रायमाझी गम्भीर घाइते भएका थिए । उपचारका लागि विराटनगरको नोबेल अस्...
विराटनगरमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

विराटनगरमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

विराटनगर । विराटनगर-७ हाटखोलामा ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । हिजो दिउँसो पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ ख ३४८० नम्बरको ट्रकले कानेपोखरी गाउँपालिका-२ का ३२ वर्षीय मान बहादुर लिम्बुलाई ठक्कर दिएको थियो । प्रहरीका अनुसार उपचारका लागि कोशी अस्पताल लगिएकोमा उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । ट्रक चालक फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । पैदल यात्रा गरिरहेका ...
प्रधानमन्त्री ओलीद्वारा दमकको १८ तले भ्युटावर उद्‌घाटन

प्रधानमन्त्री ओलीद्वारा दमकको १८ तले भ्युटावर उद्‌घाटन

झापा । आज गृहजिल्ला झापा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले दमक नगरपालिका-३ दापगाछीमा बनेको १८ तले भ्युटावरको उद्‌घाटन गरेका छन् । व्यवसायिक कम्प्लेक्स भनेर नामकरण गरिएको भ्युटावर एक अर्ब ४५ करोड रुपैयाँ बढीको लागतमा निर्माण भएको हो । टावर चिनियाँ निर्माण कम्पनी जेडसिजी आइआइसी र आशिष ओम साइराम कम्पनीले संयुक्त रूपमा बनाएका हुन् । भ्यू टावरको २०७६ को असार २७ गते प्रधानमन्त्री ओलीले शिलान्यास...
प्रधानमन्त्रीलाई कालो झण्डा देखाएको आरोपमा सात जना पक्राउ

प्रधानमन्त्रीलाई कालो झण्डा देखाएको आरोपमा सात जना पक्राउ

झापा । गृहजिल्ला झापामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झन्डा देखाएको आरोपमा सात जना पक्राउ परेका छन् । गृह जिल्ला पुग्दा प्रदेश नम्बर १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले कालो झन्डा देखाएको हो । केदार धिमाल, मातृका धिमाल, एलबी पालुङ्वा, सोम चेम्जोङ, तिर्थ खड्का, एलबी पालुङ्वा र विवेक सुनुवारलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता शम्भु सुस्क...
कोशीमा स्विस सरकारको सहयोगमा चार वटा पदमार्ग निर्माण गरिदै

कोशीमा स्विस सरकारको सहयोगमा चार वटा पदमार्ग निर्माण गरिदै

विराटनगर । कोशी प्रदेशमा पर्यटनको नयाँ सम्भावनालाई मध्यनजर गर्दै पदमार्गमा आधारित पर्यटन विकास आयोजना सुरु गरिएको छ । स्विस सरकारको सहयोगमा २०८५ साल साउन सम्ममा परियोजना सक्ने योजना छ । स्विस सरकारको १ अर्ब ३५ करोड १५ लाख, कोशी प्रदेश सरकारको ४५ करोड ८७ लाख, कोशी प्रदेशका २९ वटा स्थानीय तहको ४४ करोड ६७ लाख र नेपाल सरकारको १९ करोड ९२ लाख गरेर परियोजनाको लागत २ अर्ब ४५ करोड ६१ लाख रहेको छ । परिय...
झापामा ८३ वर्षीया वृद्धाको हत्या आरोपमा दुई जना पक्राउ

झापामा ८३ वर्षीया वृद्धाको हत्या आरोपमा दुई जना पक्राउ

झापा । झापाको कमल गाउँपालिका-६ पुष्पाञ्जली टोलकी ८३ वर्षीया फूलमाया मुर्मुको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । हिजो दिउँसो आफ्नै घरमा मृत फेला परेकी मुर्मुको हत्या भएको आशङ्कामा प्रहरीले अनुसन्धान अघि बढाएको थियो । प्रारम्भिक अनुसन्धानबाट हत्या भएको पुष्टि भएपछि प्रहरीले हत्यामा संलग्नको खोजी सुरु गरेको थियो । हत्या आरोपीलाई प्रहरीले झापा गाउँपालिका-७ मदरगाछबाट पक्राउ गरेको हो ।...
error: Content is protected !!