विराटनगरको बाल सुधार गृहबाट फरार भए ७ जना ‘बाल बिझ्याइँकर्ता’
विराटनगर । विराटनगर महानगरपालिका-३ स्थित बाल सुधार गृहबाट ७ जना ‘बाल बिझ्याइँकर्ता’ फरार भएका छन् । आज साँझ कर्मचारीहरू घर जाने समय पारेर गेट खुल्ने मौकामा उनीहरू फरार भएका हुन् ।
फरारमध्ये एक जना फेला परेका मोरङका प्रहरी प्रवक्ता डीएसपी कोपिला चुडालले संगालोखबरलाई जानकारी दिइन् । प्रहरीका अनुसार भागेकाहरू १८ वर्षभन्दा माथिका छन् ।
‘सात जना फरार भएकामा जबरजस्ती करणीमा सुधार गृहमा रहेका एक जना ...






























