धमाधम हुँदैछ पाख्रीबास-फलाटे सडकखण्डको स्तरोन्नति
धनकुटा । धनकुटाको पाख्रीबास बजारबाट फलाटे जोड्ने सडकको स्तरोन्नतिले तिव्रता पाएको छ । बजेट अभावका कारण तोकिएको समयमा सम्पन्न नभएको सडकको कामले पछिल्लो समय गति लिएको हो ।
साढे ६ किलोमिटर सडक स्तरोन्नतिसहित कालोपत्रे गर्ने जिम्मा वर्ल्डवाइड कन्सल्टेन्सी प्रालि काठमाडौंले पाएको छ । सङ्घीय सरकारको १९ करोड रुपैयाँ लागतमा सडक स्तरोन्नतिको काम अघि बढेको हो ।
२०७९ माघमा ठेक्का लागेको सडक निर्माणको काम...





























