धनकुटाको महालक्ष्मी नगर क्षेत्रमा बोडिङ स्कुलका गाडीलाई प्रवेश निषेध
धनकुटा । धनकुटाको महालक्ष्मी नगर क्षेत्रमा निजी विद्यालयका सवारी साधनलाई प्रवेशमा रोक लगाइएको छ । सबै विद्यार्थीहरूलाई सामुदायिक विद्यालयमा पढाउन लागिपरेको महालक्ष्मी नगरपालिकाले अन्य क्षेत्रबाट विद्यार्थी लिन आउने बोडिङ स्कुलका गाडीलाई पनि नगर क्षेत्रमा प्रवेश गर्न नदिने भएको हो ।
महालक्ष्मी नगरपालिकाका मेयर ध्रुवराज रायाले आज सूचना जारी गर्दै अब कुनैपनि निजी स्कुलका सवारी साधनलाई विद्यार्थी...





























